• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा विचौलियाको विगविगी, किसानहरु मार्कामा


असार ७, सल्यान ।

बेमौषमी तरकारि खेतीका लागी प्रख्यात मानिएको सल्यानको कपुरकोटमा विचौलियाको विगविगी रहेको पाइएको छ । किसानहरुको विचमा पनि र व्यापारिहरुको विचमा पनि यस्ता विचौलियाको संख्या धेरै रहेको बुधबार आयोजित एक कार्यक्रममा कुरा उठेको छ । आगामी आर्थीक वर्षका लागी कृषि र पशु क्षेत्रमा के कस्ता निती, कार्यक्रम समावेश गर्ने भन्ने सन्दर्भमा कपुरकोट गाउँपालिकाले आयोजना गरेको सुझाव र राय संकलन कार्यक्रममा उपस्थीत अगुवा किसान, बुद्धिजीवी र जनप्रतिनिधीहरुले किसानहरु मारमा परेको कुरा उल्लेख गरेका हुन् । किसानको नेतृत्व गर्नेले पनि र विचमा मध्यस्तकर्ताको भुमिका निर्वाह गर्ने व्यक्तिले समेत ताजा तरकारिको प्रत्येक किलोमा ५ रुपैया सम्म असुल्ने गरेकाले किसानले कम मुल्य पाएको सहभागीहरुले बताए ।

अव विचौलियाको विगविगीलाइ अन्त्य गर्नेगरि काम गर्ने गाउँपालिकाका आर्थीक विकास समितीका संयोजक एवम् गाउँपालिकाका प्रवक्ता यम कुमार वस्नेतले जानकारि दिए । कार्यक्रममा किसानहरुले दुध र मासुमा आत्मनिर्भर बनाउन र पशु र कृषि पेशालाइ व्यवस्थीत बनाउनका लागी किसानहरुलाइ जागरुक र अनुदानका कार्यक्रम ल्याउनुपर्ने, तरकारिको पकेट क्षेत्र घोषणा गरेर कार्यक्रमहरु ल्याउनुपर्ने लगाएतका सुझाव दिएका थिए । कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आफ्नो गाउापालिकाको समृद्धीको आधार कृषि, पशुपालन भएकाले सबैको राय सुझावलाइ ग्रहण गर्दै किसानको हितमा कार्यक्रमहरु ल्याइने प्रतिवद्धता जनाए ।

यस्तै उपाध्यक्ष तिला बुढा मगरले विषादी न्युनिकरणमा लाग्न किसानहरुलाइ आग्रह गर्दै आफ्नो गाउँपालिकाले किसान अवलोकन भ्रमण कार्यक्रम पनि सञ्चालन गरिने बताइन् । कार्यक्रममा समाजसेवि तथा बुद्धिजीवि भद्रसिंह बुढा, उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्मा, अगुवा किसान पूर्भान पुन लगाएतका किसानले आआफ्नो राय सुझाव दिएको सूचना अधिकारि जीवराज केसीले बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुवास रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर २ का अध्यक्ष मान बहादुर राना लगाएतकाको सहभागीता थियो ।

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार