असार ७, दाङ ।
दाङबाट संघिय सभामा चुनाव लड्दा सभामुख कृष्णबहादुर महराले तुलसीपुरकाे टरीगाउँ विमानस्थल संचालनमा ल्याउछु भनेर भाेट मागेका थिए । त्यसपछि उनले भनेजस्तै निर्वाचित भएपछि टरीगाउँ विमानस्थल संचालनमा अायाे । सबैमा खुसि छायाे तर त्यसकाे केही महिनामै टरीगाउँ विमानस्थल बन्द भयाे ।
फेरी महराले दाङमा अाएर अर्काे भाषण गरेका छन् । यसपटक उनकाे भाषण अलि फरक छ । यसपटक उनले दाङमा अन्तराष्ट्रिय विमानस्थल बनाउने बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले विहिवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै सभामुख महराले बजेटमा बैकल्पीक विमानस्थल लेखेर केही कमजोरी भएको भन्दै तुलसीपुरको विमानस्थलको विकल्पमा भन्दा पनि देशकै विकल्पका रुपमा अन्तराष्ट्रिय विमानस्थल बनाउन सरकारले बजेटमा सम्भाब्यता अध्ययनका लागि राखेको बताएका छन् ।
बैकल्पीक विमानस्थलदेखी सडक तथा पुर्वाधारमा राम्रो बजेट छुट्याएको भन्दै वजेट वचाउ गरेका महराले विनियोजित बजेटमाथि छलफल चलिरहेकाले संसोधनसहीत पास हुने बताए । उनले सबै सरकारले ल्याएको बजेट नै पास हुन्छ भनेर नठान्न आग्रह गर्दै छलफल र सुझावको आधारमा बजेट संसोधनसहीत पास हुने जानकारी दिए ।
तुलसीपुरकाे टरीगाउँ विमानस्थलकाे बारेमा बाेल्दै महराले विमास्थल सञ्चालन गर्न इन्धन डिपो राख्ने विषयमा कुराकानि भइरहेको र विमानस्थल सुचारु हुने बताए ।