• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा अन्डर १७ मैत्रीपुर्ण क्रिकेट खेल जारी, सुर्खेत र सल्यानकाे प्रतिस्पर्धा


असार ७, सल्यान ।

सल्यानमा जारी अन्डर १७ मैत्रीपुर्ण क्रिकेट खेलमा सुर्खेतले विजय सुरुवाती गरेकाे छ ।

लुहापिङ मैदानमा जारी मैत्रीपुर्ण क्रिकेट खेलमा सल्यान र सुर्खेतकाे टिमले खेल खेलिरहेका छन् ।

बिहिबार टस हारेर ब्याटिङको निम्तो पाएको सुर्खेतले भबिन शारुको शतकमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०७ रन बनायो । शारुले ५४ बल खेल्दै १६ चौका र ५ छ्क्का प्रहार गर्दै अविजित १०८ रन बनाए । तेस्तै अर्का ब्याट्स्म्यान मोहन बि.सि. ले १८ बलमा २५ रनको योगदान दिए ।

बलिङतर्फ सल्यानका सुरज बुढाथोकिले आफ्नो चार ओभरको स्पेलमा ३२ रन दिदै ३ विकेट, रबिन बुढाथोकीले चार ओभरमा ४३ रन दिदै २ विकेट र ग्याल्जिन श्रेष्ठ र दिपक गन्धर्वले समान १/१ विकेट हात पारे ।

२०८ रनको विजय लक्ष्य पाएको सल्यान पुरा २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १८३ रन मात्रै बनाउन सक्यो । ब्याटिङ तर्फ सल्यानका रबिन बुढाथोकीले २६ बलको सामना गर्दै ४ चौका र २ छक्काको मदतमा ५६ रनको पारी खेले तेस्तै अर्का ब्याट्सम्यान अन्शु राजभण्डारीले २५ बलमा ६ चौकाको मदतले २८ र सुरज बुढाथोकीले २६ बलमा २३ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन र सुर्खेत्ले २४ रनको जित दर्ता गर्यो ।

बलिङतर्फ सुर्खेतका सुमित माझिले ४ ओभरमा २ मेडन राख्दै १३ रन खर्चिदै ३ तथा राज शाहले ४ ओभरमा २१ रन दिदै १ विकेट हात पारे । १०८ रन बनाएका सुर्खेतका भबिन शारु म्यान अफ दि म्याच घोषित भए ।

तीन म्याचको शृङ्खलामा दोस्रो खेल शुक्रबार २ बजे हुनेछ ।

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार