• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

रोल्पाका दिलबहादुर बचाउ अभियानमा विप्लवकाे पार्टीद्वारा अाधा लाखा हस्तान्तरण


देवी गुरुङ
असार ७, रोल्पा ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले दिलबहादुर घर्ती बचाउ अभियानमा ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी प्रवास मोर्चा साउदीको सहयोगमा संकलन भएको ४७ हजार ४ सय ९२ रुपैयाँ पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासले पत्रकार सम्मेलन गर्दै दिलबहादुर घर्तीका श्रीमती मनिका बुढामगरलाई हस्तान्तरण गरेका हुन ।

आफनो पार्टीले अझैंपनि सहयोग संकलन अभियान प्रवासमा जारी राखेको र आवश्यक परेमा देशमा पनि अभियानलाई सुचारु गर्ने प्रयासले बताए । उनले कुनै पार्टी विशेष नभई मानवीय भावनाको कदर गर्दै आफनो पार्टीले यो अभियान चलाएको बताए ।

रोल्पा नगरपालिका वडा नं १० धबाङ निवासी दिलबहादुर घर्ती मगर साउदीको जेलमा छन । उनलाई साउदी सरकारले ६५ लाख बल्डमनीको सजाय सुनाएपछि उनको जीवनबचाउको अभियानका साथमा श्रीमति मनिका धाईरहेकीछन । घर्तीका २ छोरा छोरी छन् ।

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार