• २०७७ मङ्सिर १७ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा विद्युत अनियमितताको तत्काल समाधान गर्न व्यवसायीहरुको जोड, बत्ती नआएमा क्षतिपुर्तिको माग


लेकाली अनलाइन
असार ८, सल्यान ।

सल्यानमा विद्युत अनियमितता र कम भोल्टेजको समस्या तत्काल समाधान गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । सल्यानको श्रीनगरमा विहिवार भएको उपभोक्ता अधिकार सम्बधी अन्तरक्रिया कार्यक्रममा बोल्ने व्यवसायी वक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा बोलदै स्थानीय व्यवसायी विरेन्द्र भण्डारीले यहाँ सबै भन्दा बढी उपभोक्ताहरु विद्युतबाट वन्चित भएको गुनासो गरे । उनले भने– “मैले संचालन गरेको फर्निचर उद्योगमा विगत १८ महिना देखी नियमित काम हुन सकेको छैन् । अहिले भई रहेको विद्युत अनियमितता प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु ।”

कार्यक्रममका अर्का एक सहभागीले विद्युत प्राधिकरणले विद्युत महसुसल बुझाउदा म्याद नाघेमा हर्जना लिने गरेको भन्दै अहिले उपभोक्ताले विद्युत प्रयोग गर्न नपाएकोमा त्यसकोे क्षतिपुर्ति पनि कार्यालयले फिर्ता गर्नु पर्ने बताए । कार्यक्रमका वक्ताहरुले कानुनले उपभोक्ता अधिकार सम्बन्धी विभिन्न कानुनहरु बनाएपनि स्थानीय स्तरमा भने उपभोक्ताहरु प्रत्यक्ष रुपमा ठगिनु परेको गुनासो गरेका हुन् ।

उपभोक्ता अधिकार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको सभा अध्यक्षता तथा शारदा नगर प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टंडनले उपभोक्ता हक अधिकारका बारेमा कानुनी प्रावधान के कस्ता रहेका छन भनी जानकारी गराएका थिए ।

जिल्ला प्रशासन कार्यालय सल्यान तथा रेस सल्यानको आयोजना र शारदा नगरपालिका वडा नम्बर २ को सहयोगमा सम्पनन अन्तरक्रियाको संचालन रेस सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रवार