• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

रुकुममा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते


असार ८, रुकुम ।

रुकुममा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा शुक्रबार बिहान बस दुर्घटना भएकाे हाे । सदरमुकाम रुकुमकोटबाट दाङ जान छुटेको ना ५ ख ४०१२ नम्बरको गाडी सिस्ने गाउपालिका ५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउँमा सडकबाट तल खसेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिवाकर रिजालले घाइतेहरूको उपचार जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा भइरहेको जानकारी दिए। उनका अनुसार तीन जना गम्भीर घाइते छन्। घाइतेहरूलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको टोली र स्थानीयहरुले उद्धार गरेका थिए। प्रहरीका अनुसार गाडीमा १५ जना यात्रु सवार थिए।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। प्रहरीले बस चालक दाङ तुल्सीपुर–११ तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रवार