• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

सल्यानी गायक शेरबहादुरले ल्याए लोकपप गीत ‘मलाई रोमान्स भो’ (भिडियोसहित)


असार ८, सल्यान ।

सल्यानी गायक शेर बहादुर डाँगीको डान्सीङ लोकपप गीत ‘मलाई रोमान्स भो’ काे भिडियाे सार्वजनिक भएको छ ।

सल्यान कोट्बारा निवासी डाँगी शिक्षण पेसातिर लागेपनि आफ्नो गायन क्षेत्रलाई भने निरन्तरता दिईरहेका छन् । डाँगीले अहिलेसम्म पाँच ओटा एल्वम जालामा फसायो (२०७२), आखी झ्यालैमा (२०७४), ओ माया (२०७४), घुम्टो (२०७२) मलाई रोमन्स भो (२०७४) निकालीसकेका छन् ।

उनले अहिलेसम्म १० भन्दा बढी गीतमा सब्द, संगीत र आवाज भरिसकेका छन् । अर्को आधुनिक गीति एल्बम (आमा) छिट्टै लिएर आउने डाँगीले बताएका छन् ।

दर्सक र स्रोताको साथ् र सहयोगले अहिलेको स्थानमा आएकाले अझै पनि सबैको साथ् र सहयोगको अपेक्षा गरेको बताएका छन् । उनले आफ्नो पछिल्लो लोकपप गीत हेरेर सबैले सल्लाह सुझावको लागि भिडियोको मुनि कमेन्ट गरेदिन आग्रहसमेत गरेका छन् ।

डिजीटल क्रियशन मिडियाको युट्युव च्यानलबाट सार्वजानिक गरिएको गीति एल्बम ‘मलाई रोमन्स भो’ गीतमा जुना आलेमगर र सानी सुनवारको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा सम्पादन भने एकान्त मगरले गरेका छन् ।

प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रवार