ओमप्रकाश गुप्ता
असार ८, दाङ ।
देउखुरीको राप्ती गाँउपालिका वडा नं. २ बराखुटीमा रुखबाट लडेर एकजना बालक गम्भीर घाइते भएका छन् ।
शुक्रवार दिउँसो बराखुटी निवासी १२ बर्षीय गोरे कुमाल जामुनको रुखवाट लडेर गम्भीर घाइते भएका हुन् । उनी जामुन टिप्न रुखमा चढेका थिए ।
घाइते बालकको लालमटिया स्थित खुस्बु मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको बराखुटी बाट बसन्त नेपालीले जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।