• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

विप्लवकाे विद्यार्थी संगठनले भन्याे- “सल्यानका शैक्षिक दलाल र भ्रष्टचारीलार्इ छाेड्दैनाै”


लेकाली अनलाइन
असार १०, सल्यान । 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी सल्यानले अाफ्नाे संगठन बिस्तार अभियानलार्इ तिव्र रुपमा अगाडी बढाएकाे छ ।

वैज्ञानिक समाजबादी शिक्षा प्रताप्तीका लागी संगठन विस्तार तथा सुदृिढ अभियान अन्तरगत अाइतबार शारदा नगरपालिकाकाे पिपलनेटामा रहेकाे महेन्द्र रत्न मावि र त्रिभुवन जनता मावि मार्केमा संगठन विस्तार गरेकाे हाे ।

महेन्द्र रत्न माविमा हेमराज कवरको अध्यक्षतामा ५६ सदस्यीय र त्रिभुवन जनता माविमा अमर बोहराको अध्यक्षतामा ६२ सदस्यीय मावि मुल एकार्इ कमिटी  गठन गरिएकाे  संगठनका जिल्ला सदस्य खिम राज चलाउनेले बताएका छन् ।

तस्वरमा त्रिभुवन जनता मावि मार्के

कार्यक्रममा संगठनका जिल्ला सचिव दिपेन्द्र डिसीकाे उपस्तिथी रहेकाे थियाे । संगठनकाे विस्तार गर्दै सचिव डिसीले एउटै देशमा दुर्इ शिक्षा नितीकाे  अन्त्य हुनुपर्ने र नेपालमा व्यबहारीक शिक्षा लागु हुनुपर्ने बताएका छन् । उनले भने-“अहिले नेपालमा दलालि र माफिया गर्नेहरुले बिदेशीकाे दास बन्ने खालकाे शिक्षा निर्माण गरिरहेका छन् । जबसम्म भ्रष्टचारी र दलालिहरुकाे अन्त्य हुँदैन् तवसम्म नेपालमा वैज्ञानिक शिक्षा लागु हुँदैन् ।”

सचिव डिसीले नेपालमा वैज्ञानिक शिक्षा लागु गर्न अाफ्नाे संगठन निरन्तर लागिरहने बताएका छ । उनले अाफ्नाे भाषामा भने -“सल्यानका कुनैपनि शैक्षिक दलाल, माफिया र भ्रष्टचारीहरुलार्इ कुनैपनि हालतमा छाेड्दैनाै र अावश्यक परे सडकमा ल्याएर कारबाही गर्छाै ।”

प्रकाशित मिति : २०७५ असार १० गते आइतवार