• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा गाडीबाट अाेर्लिएर भेटी चढाउने छहरे गुफाको मन्दिर उद्घाटन


इन्द्र ब बुढाथोकी
असार ११, सल्यान ।

सल्यानको बन्गाढ कुपिण्डे नगरपालिकाे गर्चेबजार नजिकै रहेको छहरे गुफाको मन्दिर उद्घाटन गरिएको छ । मन्दीरको निर्माण कार्य सम्पन्न भएपछि वडा नम्बर ४ का वडा अध्यक्ष मोमत रोका (बादल)ले मन्दीर उद्घाटन गरेका हुन् ।

मन्दीर उद्घाटन कार्यक्रममा बाजागाजा सहित स्थानीय झाँकी समेत प्रर्दशन गरिएको थियो । छहरे बाजेको गुफा नजिकै रहेको सल्लीबजार-चौरजहारी सडकखण्डमा आवतजावत गर्ने गाडीहरु चल्दा चल्दै रोकिने गरेको र छहरे बाजेलाइ भेटी चढाए पछि गाडीहरू चल्ने गरेको स्थानियले बताएका छन् ।

उक्त गुफाको २ सय मिटर लम्बाई, ७० मिटर चौडाइ र ८० मिटर उचाई रहेको छ ।  गुफा भित्र शिव , पार्वती , गणेशका मुर्ति हजारौं सङ्ख्यामा चमेराहरु लगाएत ढुंगाका कलात्मक चित्रहरू रहेका छन् । उद्घाटन क्रममा छहरे बाजेको मुर्ति पनि राखिएको छ ।

नगरपालिकाको २ लाख आर्थीक सहयोगमा गुफामा मन्दीर निर्माण गरिएको बताईएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष रोकाले स्थानीय सरकारले वडा भित्र रहेका सम्पुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रलाई अझै प्राथमिकता दिदै जाने र त्यसमा पनि छहरे बाजेको गुफालाई विशेष प्राथमिकता दिने बताएका छन् ।

प्रकाशित मिति : २०७५ असार ११ गते सोमवार