• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा प्रहरीले लागु औषध विरुद्ध जनचेतनामुलक कार्यक्रम गर्यो


असार ११, सल्यान ।
सल्यानमा प्रहरीले  लागु औषध विरुद्ध जनचेतनामुलक कार्यक्रम गरिएको गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले  ६ असार देखी १२ गते सम्म सप्ताहव्यापी कार्यक्रम अनुसार सोमबार जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा रहेको शिवजन मा.वि.का आई.एस्सी ए.जी. अध्ययनरत कक्षा ११ र १२ का छात्र छात्राहरु प्रशिक्षण गरिएको हो ।

टोलटोलमा प्रहरी अभियान २०७५ र लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तरार्ष्ट्रिय दिवस गरीएको  कार्यक्रममा ९० जनाको सहभागीतामा रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत बहादुर वि.क.ले लागु औषध दुर्वेसन विरुद्द जनचेतनामुलक  प्रशिक्षण दिएका छन ।

प्रशिक्षण कक्षामा लागु औषधको परिभाषा, लागु औषधले युवामा पार्ने असर, कुलतवाट वच्ने उपाया, लागु औषधका प्रकार, यसले समाजमा पार्ने असर जस्ता विषयमा केन्द्रित रही प्रशिक्षण प्रदान गरिएको हो । विद्यार्थिहरुले उत्सुकतापुर्वक कक्षा लिएको र अन्य कक्षाका विद्यार्थीहरुलाई समेत अविलम्ब उक्त कक्षा प्रदान गर्ने माग भई आएको छ ।

प्रकाशित मिति : २०७५ असार १२ गते मङ्गलवार