• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा ४ थान भरुवा बन्दुक सहित ३ जना पक्राउ, यस्तो भन्छन् पक्राउ परेकाहरु ?


खकेन्द्र केसी
असार १८, सल्यान ।
सल्यानमा अवैैधानिक रुपमा राखिएका ४ थान घरेलु भरुवा बन्दुक सहित ३ जना व्यक्तीलार्इ प्रहरीले नियन्त्रनमा लिएकाे छ ।

जिल्लाकाे कुमाख गाउँपालिका ३ चिनालीका विभिन्न घरहरुबाट अाइतबार प्रहरीले ४ थान भरुवा बन्दुक सँगै ३ जनालार्इ नियन्त्रनमा लिएकाे थियो । यसबारे साेमबार प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे ।

पक्राउ परेका ३ जना र ४ थान भरुवा बन्दुकलार्इ जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएकाे छ । प्रहरीले विषेश सुचनाकाे अाधारमा उनीहरूकाे घरमा छापा मारेर घरेलु बन्दुर फेला पारेपछि पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी भरत विकले जानकारी दिए । ४ थान बन्दुक सँगै गाेली, छरा, बारुद र नाल पनि रहेका छन् ।

शान्ती सुरक्षामा खलल पुर्याउने र स्थानीयहरू त्रसीत हुने भएकाले नियन्त्रनमा लिएकाे डिएसपी विकले बताए । यी घरेलु बन्दुकहरु विषेशगरी जंगली जनावरहरुकाे सिकार गर्नमा प्रयाेग गरीने उनले बताए । पक्राउ परेका ३ जनाकाे अनुसन्धान भर्इरहेकाेले नाम नखुलाएकाे डिएसपी विकले बताएका छन् ।

के भन्छन् पक्राउ परेकाहरू…

पक्राउ परेकाहरूले ति बन्दुक अाफुहरूले कानुन बारे नबुझेरै राखेकाे बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै पक्राउ परेका एकजनाले भने- “मैले घडेरी किनेकाे थिए, त्यस ठाउँमा घर हाल्काे लागी २०६७ सालमा घडेरी खन्दा बन्दुक भेटियाे अनि घरमा लिएर राखेकाे हुँ ।” उनले अहिलेसम्म उक्त बन्दुक प्रयाेग नगरेकाे बताएका छन् ।

त्यसैगरी पक्राउ परेका अर्का एकजनाले तत्कालिन जनयुद्वकाे समयमा एकजना माअाेवादीले आफुलाई बन्दुक राख्न दिएको तर पछि लिन नआएपछि आफुले घरमा लिएर राखेको बताए । त्यस्तै अर्का एकजनाले परम्परागत रुपमा बाउ बाजेले राखेको बन्दुकलाई आफुले सम्मालेर राखेको बताएका छन् ।

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार