• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

Breaking: सल्यानमा गाडी दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, एक घाइते


खकेन्द्र केसी
असार १८, सल्यान ।

सल्यानमा तरकारी बाेकेकाे पिकप दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ भने १ जना गम्भीर घाइते भएका छन्।

जिल्ल्काे कपुरकाेट गाउँपालिका ३ चाेरखाेलामा अाज साँझ ९ बजेर ५० मिनेटमा दुर्घटनामा बागचाैर नगरपालिका ९ काेटमाैला डाँगीगाउँ कमलपाेखरीका अन्दाजी ३५ वर्षीय गाेरख डाँगीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परेर दाङ जिल्लाका गाेविन्द चाैधरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले लेकाली अनलाइनलार्इ जानकारी दिएकाे छ ।

दाङबाट तरकारी बाेकेर सल्यान तर्फ हिडेकाे ना ५ ख ७६४५ नम्बरकाे पिकप दुर्घटनामा परेकाे प्रहरीले बताएकाे छ । गाडी सडकदेखि करिब एक सय मिटर तल खसेकाे छ । गाडी के कारणाले पल्टीयाे त्यसबारे कारण नखुलेकाे प्रहरीले बताएकाे छ ।

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार