भारतले बनाएकाे गण्डक नहरलार्इ सुस्ताबासीले भत्काइदिए, विप्लवलार्इ साथ दिन अाग्रह


असार २०, नवलपरासी ।

डुबान बढ्दै गएपछि सुस्ताबासीले गण्डक नहरको भत्काएका छन् । केही दिनदेखिको बर्षासँगै नयाँ रोपेका धनखेत डुबानमा परेपछि सुस्ताबासीले पश्चिमी गण्डक नहरको डिल भत्काइदिएका हुन् ।

सम्झौताअनुसार भारतले प्रभावित क्षेत्रमा हुने डुबान तथा कटान रोक्ने काम पानी निकास गर्न आफूहरुले नहरको डिल भत्काएका सुस्ताबासीको भनाई छ । सुस्ता गाउँपालिका वडा नं २ का भीम न्यौपानेले धानखेत डुबानमा परेको आफूहरुसँग नहर भत्काउनुको विकल्प नभएको बताए । पानीको निकास नभएपछि नभएको समेत बताए ।

नहर बनेदेखि नै डुबान बेहोर्दै आएका किसानहरूले २०४९–५० सालदेखि नै सङ्घर्ष गर्दै आएपनि अझैसम्म समस्या सरकारी स्तरबाट समाधान भएको छैन । गत वर्ष पनि खेत जलमग्न भएपछि गण्डक नहरको डिल किसानहरूले भत्काइदिएका थिए ।

स्थानीय किसानहरूको यस्तो अवज्ञापछि डुबानबाट प्रभावित किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । तर, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेका अनुसार किसानहरूले आजसम्म पनि क्षतिपूर्ति नपाएकोले आक्रोशित भएका छन् ।

वि सं २०१६ मा गण्डक नहरको निर्माणसँगै नहरको तल र माथि रहेको झन्डै ४५ सय बिगाहा खेतीयोग्य भूमि र कैयौँ घरहरू वर्षेनी डुबानमा पर्दै आएको स्थानीयवासीहरु बताउँछन् । क्षतिपूर्तिका लागि पटकपटक आन्दोलन र सहमति हुँदै आएको भए पनि समस्या भने दोहोरिइराखेको छ ।

नहरको डिल भत्काएपनि स्थानीयबासी भारतीय पक्षले थप दुःख दिन सक्ने आशंका गरेका छन् । उनीहरुले आफूहरुलाई सरकारले नै सहयोग गरेको बताउँदै आएका छन् । स्थानीयले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई आफ्नो समस्यामा साथ दिन आग्रह गरेका छन् । गत वर्षका डुबान हुँदा पनि बम हानेर गण्डक बाँध भत्काउन स्थानीले माग भएको थियो ।

प्रकाशित मिति : २०७५ असार २० गते बुधवार