• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

गौचरण बन्याे दाङको टरिगाउँ विमानस्थल, जहाज नआउने एयरर्पाेटको के काम भन्दै बाख्रा चराउछन् स्थानीय !


शरद रेग्मी
असार २०, दाङ । 

दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल विगत ३ महिनादेखि विमान सेवा अवरुद्ध भएको छ । विमान आउन छोडेपछि फेरि विमानस्थल गौचरण बन्न थालेको छ ।

विक्रम संवत २०११ सालदेखि उडान सुरु भएको दाङको एक मात्रै टरिगाउँ विमानस्थल पटक–पटक बन्द हुने र सुचारु हुदै आएको छ । स्थिर रुपमा उडान नहुदाँ दाङबासी पनि अन्यौंलमा परेका छन् ।

स्थानीय चन्द्रा राईले विमान स्थल नाम मात्रैको रहेको बताइन । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले ६ महिनासम्म समिट एयरको जहाज हप्ता २ पटक उडान भर्न सम्झौता गरी दाङमा हवाई सेवा शुरु गरेको थियो । एकदुई हप्ता मात्रै हप्ताको दुई दिन उडान भरेको उक्त विमान कम्पनीले त्यसपछि हप्ताको एक दिन मात्रै सेवा दिदै आएको भएपनि त्योपनि अवरुद्ध भएको तीन महिना पुगि सकेको छ ।

तुलसीपुर उपमहानगरसंगको सम्झौता विपरित समिट एयरले ६ हजार ७ सय वाट भाडा बृद्धि गरी ९ हजार ८ सय भाडा पुर्याएपछि विमान सेवा फेरि अवरुद्ध भएको हो ।महंगो भाडा दरले जिल्लामा यात्रुहरुको संख्या घटेसंगै हवाई सेवा अनिश्चित बनको हो । नेपाल सरकारले करौडौं लगानीमा विमानस्थलको ७ सय ५० मिटर धावनमार्ग कालोपत्रे समेत गरीसकेको छ । तर आजभोलि स्थानियहरुले जहाज नआउने एयरर्पाेटको के काम भन्दै त्यसमा गाई बाख्रा चराउन थालेका छन् । स्थानीय कमल चौधरी लगायतले विमान आउन छाडेपछि विमान स्थ्लमा गाई,बाख्रा चराउन थालेको बताएका छन् ।

ठाउँ ठाउँमा लगाएको तारबार पुरानो र चुडिएका कारण पनि गाई ,बाख्राहरु एयरर्पाेटमा सजिलै आवत जावत गर्ने गरेका छन । टरिगाउँ विमानस्थल नेताहरुको ब्यक्तिगत स्वार्थका कारण नियमित रुपमा सुचारु हुन सकेको छैन । पछिल्लो समय निकै चासोका साथ एयरर्पाेट सुचारु गर्न लागि परेका तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले तुलसीपुरको टरिगाउँ विमानस्थल केही समयमै संचालन हुने बताउँछन् । मेयर पाण्डेका अनुसार टरिगाउँ विमानस्थलाई नै बैकल्पिक एयरर्पाेटका रुपमा विकास गर्न आफु लागि परेको बताए ।

केही नेताहरु पुरानै एयरर्पाेटलाई बैकल्पिक रुपमा प्रयोग गर्ने कार्य योजनामा छन भने केही आफ्नो क्षेत्रमा विमानस्थल सार्ने योजनामा छन । तर स्थानीयहरु भने राज्यको ठूलो लगानी भईसकेको टरिगाउँ विमानस्थललाई नै स्तरबृद्धि गरेर सुचारु गर्न नेताहरुलाई दवाव दिइरहेका छन । नेपाल सरकारले दाङ जिल्लामा बैकल्पिक विमानस्थलको अध्ययन गर्ने भन्दै बजेट भाषणमा उल्लेख गरे लगतै दाङमा एयरर्पाेटको विवाद फेरि चुलिएको छ । यसैबीच घोराही उपमहानगरपालिका वडा नं. १० का आन्दोलनरत स्थानीयबासीले विरोध स्वरुप बुधवार नेपाल पत्रकार महासंघको सभाकक्षमा विरोध स्वरुप पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ असार २० गते बुधवार