• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

लिफ्ट मार्फत सल्यानकाे रानागाउँमा १४ सय मिटर तलबाट खानेपानी पुग्याे, गाउँमा वितरण हुन बाँकी !


खकेन्द्र केसी
असार २१, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रानागाउँमा लिफ्ट सिस्टमबाट ट्याङ्कीमा खानेपानी पुगेकाे छ ।

गाउँपालिकाकाे २० लाख रूपैयाकाे बजेटमा उक्त क्षेत्रमा खानेपानी पुगेकाे हाे । तर गाउँमा भने पानी वितरण भएकाे छैन् । करिब १४ सय मिटर तलबाट रानागाउँमा लिफ्ट सिस्टम मार्फत पानी तानिएकाे हाे । त्यहाँ पानी पुगेसँगै लामाे समय देखि धेरै टाढाबाट पानी बाेक्दै अाएका स्थानीयहरूलार्इ सहज हुने भएकाे छ ।

पानी तान्नकाे लागी साैर्य उर्जा

अहिले ट्याङ्कीमा खानेपानी पुगेपनि अन्य काम भने बाँकी रहेकाे छ। साैर्य उर्जाबाट तानिएकाे खानेपानीका  २ अाेटा ट्याङ्की निर्माण भएका छन् । २ सय घरधुरीलार्इ पुग्नेगरी २ अाेटा ट्याङ्कीबाट गाउँभरी २१ अाेटा धारा बनार्इने गाउँपालिकाले जनाएकाे छ । अहिलेसम्म सबैकाम सकिएकाे र अब धारा मात्रै बनाउन बाँकी रहेकाले गाउँमा पानी वितरण हुन नसकेकाे छत्रेश्वरी गाउँपालिकाले जानकारी दिएकाे छ  । अब धारा बनार्इसकेपछि मात्रै सबैलार्इ पानी वितरण गरिने गाउँपालिकाकाे दावी छ ।

यसै क्रममा अाज उक्त खानेपानीकाे कामबारे छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्ताेष केसी, ६ नम्बर वडा अध्यक्ष चुडामनी दसाैती, १ नम्बर वडा सदस्य प्रकाश हमाल लगाएतले अनुगमन गरेका छन् । अनुगमनका क्रममा अध्यक्ष केसीले अब छिटै उक्त लिफ्ट सिस्टमकाे खानेपानी उद्घाटन गरेर पानी प्रयाेगमा ल्याइने बताएका छन् ।

प्रकाशित मिति : २०७५ असार २१ गते बिहिवार