लेकाली अनलाइन
असार २१, सल्यान ।
सल्यानकाे बनगाढ कुपिण्डे नगरपालिकामा दुई दिने स्थानीय तहमा प्रभावकारी संचार विषय कार्यशाला सम्पन्न भएको छ । प्रकृति मल्टी प्रपोज मिडिया प्रा लि द्धारा बुधबार देखि सुरु भएको कार्यक्रमकाे अाज नगरप्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मन्जु यरि, १२ वटा वडाका वडा अध्यक्ष, नगरकार्यपालिका सदस्य, नगरपालिका विषयगत समितिका कर्मचारी लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सहजकर्ता युगबोध राष्ट्रिय दैनिक सम्पादक नरेन्द्र के सि र नेपाल पत्रकार महासघ सल्यान अध्यक्ष प्रतीक इच्छुक शर्माले सहजीकरण गरेका थिए । कार्यक्रममा सम्पुर्ण जनप्रतिनिधिहरुले मिडियामा प्रयोग गर्ने र जनतालाई सुसूचित गर्ने भन्दै ६ बुदे प्रतिवद्धता पत्रमा हस्ताक्षर सहित एकवद्धता गरेका छन् ।
समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुनले समाजलाई कसरी व्यवस्थित गर्ने भने सन्चार माध्यमको ठुलो भुमिका हुने भएकोले यसमा पत्रकारहरुले विषेश ध्यान दिनु पर्ने बताएका छन् । देशलाई कसरी समृद्धि बनाउने लोकतन्त्रलाई संस्थागत देखि संघियतालाइ कसरी सफल बनाउने भने मिडियाको महत्त्वपूर्ण भुमिका रहेको नगरप्रमुख पुनले बताए ।
बनगाड कुपिण्डे नगरपालिकाकाे सहयोग र प्रकृति मल्टी प्रपोज मिडिया प्रालिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।