सल्यानकाे दार्मा गाउँपालिकामा मात्रै ३ सय ६४ जना वालवालिका जोखिममा परे


शंकर के सी
असार २१, सल्यान ।

सल्यानको दार्मा गाउँपालिकामा मात्रै ३ सय ६४ जना वालवालिका जोखिममा परेका छन् । ६५ जना अपांगता भएका, ९१ जना बुवाको मृत्यु भएका, २६ जना आमाको मृत्यु भएका, २० जना आमा बुवा दुबै गुमाएका, चार जना बुवा वेपत्ता भएका, ४९ जना बुवा आमा दुबैले छोडेका, तीन जना बुवाले छोडेका, एक जना आमाले छोडेका, २० जना कुपोषित, चार जना वेवास्तामा परेका र ८१ जना अति गरिव परिवारका वालवालिका रहेको गाउँ बाल संरक्षण समिति दार्माले जानकारि दिएको छ ।

दार्मा गाउँपालिका, दलित विकास समाज, सेभ द चिल्ड्रेन र अन्य संघ संस्था बाट गरी गत जनवरी एक देखी जुन ३० सम्म एक सय ७२ जना बाल बालबालिका लाई सहयोग गरिएको पनि समितीले जनाएको छ । औषधी उपचार, खाद्यन्न, लत्ताकपडा र कानुनी उपचारका लागि सहयोग भएको र यसले बाल अधिकारको संरक्षण र सम्बद्र्धनमा टेवा पुगेको दार्मा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा शर्माले जानकारी दिइन् ।

वालवालिकामाथी हुने हिंशा तथा दुव्र्यवहार कम गर्न र पिडितको संरक्षणका लागी दार्मामा गाउँपालिका स्तरिय र वडा स्तरिय समिती गठन गरिएको छ । र हिजो आज गाउँ बाल संरक्षण समिति र वडा बाल संरक्षण समिति दार्मा गाउँपालिकामा परिचालित छन् । स्थानीय तहमा बालबालिका माथि हुने हिंसा, दूब्र्यवहार, शोषण र वेवास्ता लाई कम गर्न र यस्ता हिंसा बाट पिडित बालबालिकाको पूनस्र्थापना र संरक्षण गर्नको लागी समितीको काम प्रभावकारि मानिएको छ ।

बाल संरक्षण, शिक्षा र जीविकोपार्जन तथा पोषणको क्षेत्रमा काम गरिरहेको दलित विकास समाज सल्यानको बाल संरक्षण कार्यक्रम अन्तर्गत समिती गठन गरिएको हो । स्थानीय तहमा ति बाल संरक्षण संरचनाहरुको क्षमता बृद्धी गरी जोखिमामा रहेका बालबालिकाको तथ्यांक संकलन तथा बालबालिकालाई सहयोग पु¥याउनको लागि दार्मा गाउँपालिका र वडा स्तरमा सिफारिस समिति गठन गरिएको शाखा प्रमुख शर्माले जानकारी दिइन् ।

दार्मा गाउँपालिकामा सेभ द चिल्ड्रेन र दलित विकास समाजको सल्यानको साझेदारीमा संचालित एकिकृत परियोजना १ मे २०१५ देखी संचालनमा छ ।

बालमैत्री स्थानीय शासनलाइ अवलम्बन गर्नका लागी गाउापालिकाको नीती तथा कार्यक्रममा समेट्ने प्रयास गरिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी अरुणले जानकारि दिए । उनले भने, ‘हाम्रो गाउँपालिकाले बालबालिका भोलिका कर्णधार मात्र हैनन् आजका साझेदार पनि हुन भन्ने उद्देश्यका साथ पहिलो प्राथमिकता दिएर बालबालिकामा लगानी गर्ने निती लिएको छ ।’ दार्मा गाउँपालिकाले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बाल अधिकारको संरक्षण र सम्बद्र्धकाका लागि बनेका ऐन, नियम तथा कानुनहरुलाई स्थानीयकरण गर्दै अगाडी बढीरहेको र हाल सम्म बाल संरक्षण नीति र बाल विवाह न्यूनिकरण रणनीति योजना २०७४ गाउँ सभाबाट पारित गरी कार्यान्वयनमा ल्याएको पनि अध्यक्ष अरुणले जनाए ।

यस्तै बाल सहभागिता कार्यविधि, बाल क्लब गठन र सहजीकरण निर्देशिका र आपतकालिन बाल उद्धार कोष संचालन कार्यविधिको मस्यौदा तयार गरी छलफको क्रममा रहेको दार्मा गाउँपालिका उपाध्यक्ष तथा मस्यौदा समितिका संयोजक टिका शर्मा वलीले जानकारी दिए ।।

प्रकाशित मिति : २०७५ असार २१ गते बिहिवार