ओमप्रकाश गुप्ता
असार २२, दाङ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाटमा बाख्रा चोरी भएका छन् ।
मौरीघाट निवासी मता केसीको घरबाट गए राती चोरले ३ वटा बाख्रा चोरी गरेको पिडित केसीले जानकारी दिएका छन् । राती घरपरिवार सुतेका बेला चोरले बाख्राको खोरबाट चोरी गरेको बताइएको छ ।
बाख्रा चोरी भएको विहान मात्र आफुले थाहा पाएको पिडित केसीले बताएका छन् । चोरी गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।
संकेतिक फाेटाे फाइल