• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

रोल्पा कला उत्सवको तैयारी पुरा


हर्क घर्तीमगर
असार २२, राेल्पा ।
राेल्पाकाे पाेबाङमा हुने रोल्पा कला उत्सवको तैयारी पुरा भएकाे छ। शनिबार हुने उत्सवको तैयारी पुरा भएको आयोजकले जानकारी दिएको हाे।

उत्सव मुलआयोजक समितिका अध्यक्ष महेश मानवका अनुसार कार्यक्रमका अतिथिहरु केही आज साझ सम्ममा पोबाङ जाने र केही विहान मात्र गर्इपुग्ने जनकारी दिएका छन् ।

उनका अनुसार कला उत्सवमा राष्ट्रिय स्तरका कवि, लेखक, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहने छ भने रोल्पा देखी रोल्पा सम्म बहस कार्यक्रम, आजका नेपाली कविता बहस कार्यक्रम, हाम्रा कविता रोल्पा बिशेष वाचन कार्यक्रम, कविता लगायत ४ शेषनमा कार्यक्रम हुने छ ।

 

प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रवार