• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

राेल्पामा जनप्रतिनिधिहरु सरसफाइमा लागे


असार २२, राेल्पा ।
राेल्पाकाे सुनछहरी गाउँपालिकाका कार्यपालिका सदस्यहरु आफै पोबाङ बजार सरसफाइमा लागेका छन् । शनिबार हुने रोल्पा कला उत्सवको तैयारीका क्रममा उत्सव आयोजकको अनुरोधमा उनिहरु सो कार्यमा लागेका हुन ।

विहीवार र शुक्रबार चलेको पुर्ण सरसफाइ सम्बन्धी गोष्ठीको समापन पश्चात कार्यपालिकाका सदस्यहरु तालिममा सहभागि शिक्षक तथा कर्मचारीहरु उक्त सरसफाइ कार्यक्रममा सहभागि थिए
सरसफाइका क्रममा बजार क्षेत्रमा रहेको प्लास्तीकका तुक्राहरु वरपर रहेका झारपाट इत्यादीको व्यवस्थापन गरीएको थियो ।

तालिममा सहभागिहरु हल भित्र लिएको प्रशिक्षणलाई प्रयोगात्मकमा प्रयोग गर्न पाएको प्रतिक्रिया दिएका छन ।

सुनछहरी गाउँ पालिकाको अयोजनामा भएको २ दिने पुर्ण सरसफाइ सम्बन्धी अभिमुखिकरणमा नेपाललाई सन २०२२ सम्ममा पुर्ण सरसफाईयुक्त घोषणा गर्ने लक्ष्यअनुसार सुनछहरी गाउँ पालिकालाई सन २०२१ भित्र पुर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता समेत जनाएका छन्

प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रवार