• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

सल्यानका दशअाेटै स्थानीय तहहरुमा यस्ताे तालिम ?


शंकर के सी,
सल्यान, २२ असार ।

जिल्ला समन्यव समिती सल्यानले जिल्लाका दश वटै स्थानीय तहहरुमा विभिन्न तालिम प्रदान गरेको छ । स्थानीय सरकारको काम र सेवा प्रभावकारि बनाउन तथा अन्यौलताका विषयमा प्रष्ट पार्न जनप्रतिनिधी र कर्मचारिहरुलाइ तालिम प्रदान गरिएको जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्टले जानकारि दिएका छन् ।

संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, योजना तथा बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्यांकन लगाएतका विषयमा जानकारि प्रदान गर्ने, प्राप्त ज्ञान र सिपलाइ व्यवहारमा उतारेर स्थानीय तहको विकासलाइ प्रभावकारि बनाउने एवम् स्थानीय तह र नागरिक, सेवाग्राहि तथा विकास साझेदारहरुसंगको सम्बन्ध सुमधुर बनाइ विकासमा ऐक्यबद्धता कायम गराउने उद्देश्यले तालिमको आयोजना गरिएको प्रमुख विष्टले जानकारि दिए ।

जिल्ला समन्वय समितीले गत जेठ १ देखि ३ गते सम्म न्यायीक समितीका सदस्यहरुलाइ, जेठ ६ र ७ गते जनप्रतिनिधी र कर्मचारिहरुलाइ एकिकृत सम्पत्ती कर सम्बन्धी र जेठ १७ देखि हरेक स्थानीय तहहरुमा स्थानीय सरकार सञ्चालन, योजना तथा बजेट तर्जुमा, कार्यान्वयन र अन्तर सम्बन्ध विषयक तालिम सञ्चालन भइरहेको जिल्ला समन्वय अधिकारि खिम बहादुर रायमाझिले जानकारि दिए । उनले भने, ‘अरु सबै स्थानीय तहमा यो तालिम सम्पन्न भइसकेको छ । अव शारदा नगर र बागचौरमा मात्रै तालिम हुन बाँकी छ ।’ शारदा नगरमा शनिबार देखि तालिम शुरु हुँदैछ भने बागचौरमा यहि असार ३१ सम्म तालिम सम्पन्न हुने उनले जानकारि दिए ।

यसैविच कपुरकोट गाउँपालिकामा आयोजना गरिएको स्थानीय सरकार सञ्चालन, योजना तथा बजेट तर्जुमा, कार्यान्वयन र अन्तर सम्बन्ध विषयकतालिमको शुक्रबार समापन गरिएको छ । तालिममा प्रमुख जिल्ला अधिकारि परमानन्द घिमिरे, कोष नियन्त्रक विनोद प्रसाद अधिकारी, जिल्ला समन्वय अधिकारि रायमाझि, जिल्ला इन्जीनियर कृष्ण पण्डीत, लेखा अधिकृत प्रकाश केसी लगाएतले अभिमुखीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रममा कपुरकोट गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले स्थानीय तहको विकासलाइ प्रभावकारि ढंगले अघि बढाउन सबै जनप्रतिनीधी र कर्मचारिहरु जानकार हुन आवश्यक रहेको बताए । नासु जीवराज केसीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा, प्रमुख प्रशासकिय अधिकृत सुवास रिजाल लगाएतले बोल्दै विषयवस्तुमा स्पष्टता र एकरुपता हुन आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रवार