• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

मुस्ताङमा भएको ट्रिप्पर दुर्घटनामा परि राेल्पाका ९ जना र दाङका ५ जनाको ज्यान गयो


लेकाली अनलाइन
असार २२, दाङ ।

मुस्ताङमा शुक्रवार भएको ट्रिप्पर दुर्घटनामा परि रोल्पाका ९ जनाकाे ज्यान गएकाे छ । मृत्यु हुनेमा राेल्पाका  २८ बर्षीय सुकमान रोका, १९ बर्षीय महेश रोका, ३२ बर्षीय रामकुमार पुन, बर्षीय ३२ सन्तु घर्ती, बर्षीय ३१ जितमाया घर्ती, २० बर्षीय सृजना मगर, २३ बर्षीय राष्ट्रिय रोका, २३ बर्षीय जीतकुमारी पुन, ३६ बर्षीय मौसम घर्ती रहेका  छन् ।

यसैक्रममा उक्त दुर्घटनामा दाङका ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्याललय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीका अनुसार चार जना राप्ती गाउँपालिका र एकजना राजपुर गाउँपालिका निवासी छन् ।

उक्त ट्रिप्पर दुर्घटनामा परि दाङको राप्ती गाउँपालिका वडा नं. १ निवासी ३० बर्षीय बालकुमार घर्ती मगर, राप्ती गाउँपालिका वडा नं. ३ निवासी ३१ बर्षीया कविता घर्ती मगर, सोही ठाउँकै ३५ बर्षीय सुबेरु चौधरी, राप्ती गाउँपालिका वडा नं. ९ निवासी ४३ बर्षीया शान्ती थापा, राप्ती गाउँपालिका वडा नं. ३ निवासी ५० बर्षीय गुरुदत्त थापा र राजपुर गाउँपालिका वडा नं. १ निवासी २५ बर्षीया कमला बुढा रहेको भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको दाङका निमित्त प्रहरी प्रमुख घर्तीले बताए ।

त्यस्तै दुर्घटनामा धादिङ्गका २३ वर्षीय सुजन घलान, सिन्धुलीका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया विनिता थापा, कपिलबस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्गजाका २४ वर्षीय कृष्ण क्षेत्रीकाे पनि मृत्यु भएकाे छ ।

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका वडा नं. ३ स्याङ्बोचेमा शुक्रवार दिउँसो बा २ क २२१९ नम्वरको ट्रिपर दुर्घटना हुँदा अहिलेसम्म २० जना मजदुरको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बेनी जोमसोम कोरला सडक खण्डको दमोदरकुण्ड गाउँपालिका-३ स्थित स्याङबोचेमा कालीगण्डकी करीडोर निर्माणमा काम गरिरहेका कामदाहरू बोकेको ट्रिप्पर दुर्घटना भएको हो। दुर्घटनामा बढी घाइते भएका सातजनालाई एयर डाईनास्टिक र सेनाको एम आई सेभेन्टीन हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारको लागि पोखरा पठाइएको छ भने पाँचजनालाई मुस्ताङ जिल्ला अस्पताल, जोमसोममा उपचार भइरहेको छ।

दुर्घटनाका १५ वटा शव अहिले पनि घटना स्थलमा राखिएको र शनिबार बिहान मात्र नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा पठाइने भएको छ। घाइतेको उद्धार गर्ने क्रममै अँध्यारो भएपछि बाँकी शवलाई शनिबार मात्र पोखरा लगिने भएको हो। पाँचवटा शवलाई भने शुक्रबार साँझ नै जिल्ला अस्पताल मुस्ताङमा ल्याइएको छ। दुर्घटनामा परी मृत्यु भएका र घाइतेहरू कोही पनि मुस्ताङका नभएका कारण सबै घाइते र शवलाई पोखरा लाने निर्णय भएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार गुड्दै गरेको टिपर अनियन्त्रीत भई सडकबाट झण्डै ६० मिटर तल खसेको थियो। आज दिउँसो अन्दाजी २ बजेको समयमा उक्त टिपर दुर्घटनामा परेको हो

प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रवार