सल्यानी गायक कृश क्षेत्रीले ल्याए ब्याटल तिज गीत “नाँच मैयाँ नाँच” (भिडियो सहित)


लेकाली अनलाइन
असार २३, सल्यान ।
तिज नजिकीदै गर्दा विभिन्न खाले तिज गीतहरु यतिबेला बजारमा आउन होडबाजी चलिरहेको छ ।

यसैक्रममा सल्यानी गायक कृश क्षेत्रीले पनि नयाँ तिज गीत सार्वजनिक गरेका छन् । यो पटकको उनको तिज गीत भने उलि फरक खालको छ । उनले यो पटक ब्यटल तिज गीत सार्वजनिक गरेका हुन । यो पटकको उनको ब्यटल तिज गीत “नाँच मैयाँ नाँच” बोलको रहेको छ ।

चौतारमा केटाकेटी जम्मा भएर ब्याटल टाइपमा नाचेको गीतमा देखाइएको छ । को धेरै नाच्छ भनेर प्रतिसप्रर्धा रुपमा रहेको गीतले देखाएको छ ।

उक्त गीतमा स्वर कृश क्षेत्री र टिका सानुले दिएका छन् । गीतको लय, शब्द कृष क्षेत्रीले नै गरेका छन् । गीतको एरेन्जर शन्तोष सनमले गरेका छन् ।

ब्यटल तिज गीतको म्युजिक भिडियोमा अभिनय मालती, अमित र बिमलाले गरेका छन् भने कृश क्षेत्री पनि ब्याटलमा नाचेका छन् । म्युजिक भिडियोको निर्देशन सल्यानकै एकराज थापाले गरेका छन् ।

दिनेश मुस्कानले छाँयाङ्कन तथा सम्पादन गरेको म्युजिक भिडियोको कोरियोग्राफ दिलिप राईले गरेका छन् । गीतलाई सहयात्री फिल्मस् प्रालिबाट सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो…

प्रकाशित मिति : २०७५ असार २३ गते शनिवार