• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा एक व्यक्तीले एक्लै बनाए पिपल चौतारी


सरिता चलाउने
असार, २३ सल्यान ।
सल्यानको बागचौर नगरपालीका वडा नम्बर ३ को खालीमा एक ब्यक्तिले पिपल चौतारी निर्माण गरेका छन् ।

लामो समय देखि पिपलको बोट रहेपनि कसैले चौतारा नबनाए पछि सोही ठाउँका तुलाराम बिकले आफ्नै लगानीमा पिपल चौतारा निर्माण गरेका हुन् । उनले आफ्नो ५० हजारको लगानीमा पिपल चौतारा निर्माण गरिएको बताए । स्थानीय सोभाराम केसिले बर्षौ पहिले पिपल रोपेकाे  र उनी अहिले बसार्इसरार्इ गरेर बाहिर गएपछि कसैले पिपल चौताराको ध्यान नदिए पछि आफुले पहल गरेको उनले बताए ।

उनले चौतारको लागी धेरै पटक राजनितिक दलहरु सँग र पहिलाको गाबिस कार्यलय सँग कुरा राख्दा पनि कसैले ध्यान नदिएको बताए । त्यहाँ नजिकै ५० घरधुरी रहेको र बजार पनि भएको कारणले बजार आवत जावत गर्ने मानछेहरुलाई सितल ताप्ने र थकाई मेटाउन सहजको आफुले पपिल चौतारा निर्माण गरेको बिकले बताए।

२०१४ साल असार २० गते रोपिएको पिपलको बोट अहिले ६१ बर्ष पछि एउटा ब्यक्तिले आफ्नै लगानीमा पिपल चौतारा निर्माण गर्नु खुसिको कुरा भएको स्थानीय नेत्र प्रकाश भण्डारीले बताए । पिपल चौतारा निर्माण भएपछि बाटोमा आउने जाने मान्छेलाई सहज भएको उनले बताए ।

प्रकाशित मिति : २०७५ असार २३ गते शनिवार