• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

नेपालका ३९ अाेटा जिल्लामा साइकल यात्रा सकेर एक व्यक्ती सल्यान अाउदै


लेकाली अनलाइन
असार २४, सल्यान ।

नेपालका ३९ अाेटा जिल्लामा साइकल यात्रा गरिसकेर एक व्यक्ती ४० अाैँ जिल्लाकाे रुपमा सल्यान अाउने भएका छन् ।

सुनसहरी जिल्लाकाे बराह क्षेत्र नगरपालिका वडा नम्बर ५ रामजोडमा घर भएका ओम प्रकास बानिया साइकल यात्राकाे क्रममा ४० अाैँ जिल्लाकाे रुपमा सल्यान अाउने भएका हुन् । ३९ अाैँ जिल्लाकाे रुपमा हिजाे राेल्पा पुगेका उनिले अाज सल्यानकाे यात्राका लागी हिडेका छन् । राेल्पाबाट सिधै सल्यान अाउने भनेपनि बाटाे अफ्ठ्याराे भएकाले प्यठानबाट दाङ झरेर सल्यान अाउने उनले बताएका छन् ।

सुनसहरी जिल्लाबाट अाफ्नाे साइकल यात्रा सुरु गरेका बानियाले नेपालका ७७ अाेटै जिल्ला भ्रमण गर्ने बताए । गएकाे बैसाख १९ गते देखि साइकल यात्रा सुरु गरेका उनले अबको ४ महिनामा ७७ वटै जिल्लामा भ्रमण गरिसक्ने लक्ष्य लिएको बताएका छन् ।

करिब साढे ३ बर्ष जती बैदेशिक रोजगारमा गएका २७ बर्षे बानियाले देशकै लागी केहि गर्ने उदेश्यले साइकल यात्रा सुरु गरेको बताए । विश्व साइकल यात्री पुस्कार शाहबाट प्रभावित भएका र आफु पनि नेपालको साइक यात्री सुरु भएको उनले बताए । उनलार्इ यात्राको क्रममा खान बस्नको लागी स्थानिय तहले सहयोग गर्दै आएका छन ।

प्रकाशित मिति : २०७५ असार २४ गते आइतवार