• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा रुखबाट लडेर एक जनाको मृत्यु


बुद्धि पुन
असार २४, सल्यान ।
घाँस काट्ने क्रममा रुख बाट लडेर आज सल्यानमा एक महिलाको मृत्यू भएको छ ।

छत्रेश्वरी गाउँपालिका –६ रानागाउँनिवासी ६५ वर्षीया भगवतीअधिकारी बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते भएका छन् ।

घाईते अधिकारीको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यू भएको जिल्लाप्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार २४ गते आइतवार