सरिता चलाउने
असार २४, सल्यान ।
सल्यानको सबैभन्दा पहिलो नगरपालिका शारदा नगरपालिकाले एक हुर्काए बचाए बाफत २० रुपैया उपलब्ध गराउने उदेश्यले प्रत्येक वडामा २४ हजार बिरुवा बतरण गरेको छ । एउटा बिरुवा हुर्काए बाफत एक बिरुवाको २० रुपैया उपलब्ध गराउने उदेश्यले नगरपालीकाले १५ वटै वडाहरुमा एक हजार बिरुवाका दरले ९ हजार फलफुलको बिरुवा र अन्य जातका १५ हजार गरी २४ हजार बिरुवा बितरण गरेको हो ।
नगरपालिकाले फलफुलका बिरुवा अन्र्तगत आप, लिचि, अनार, सुन्तला, कागतीका बिरुवा बितरण गरिएको छ । यस्तै ओखर, टुनी, बुकाईनो, मलागीरी, धुपिसल्ला, रक्तचन्दन, तेजपात, हर्रोबर्राे लगाईतका अन्य बिरुवा उपलब्ध गराईएको नगरपालीकाले जनाएको छ ।
नगरपालिकाले टाढाका वडाहरुमा बिरुवाहरु पठाई वडाकार्यलय बाटै कृषकलाई बिरुवा बितरण गरिएको छ । बिरुवा साउन महिना भरी प्रत्येक वडाहरुमा बितरण गरिसक्ने नगरापलिकाले बताएको छ ।
नगरपालिकाको पहिलो नगरसभा र तेस्रो नगरसभामा स्वीकृत कार्यक्रम अन्र्तगत १ वडामा कम्तीमा १ हजार फलफुलका बिरुवा र अन्य बिरुवा रोपेर बिरुवा हुर्काए बाफत एक बिरुवाको २० रुपैया उपलब्ध गराउने निर्णय अनुसार १५ वटा वडाहरुमा ९ हजार फलफुलका बिरुवा र अन्य जातका १५ हजार बिरुवा बितरण गरिएको नगरप्रमुख शुरेस अधिकारीले बताए ।
उनका अनुसार बिरुवा रोपिसकेपछि कृर्षकहरुले बिरुवाको हेरचाह गरे कि गरेन, बिरुवा रोपेकी रोपेनन भनेर निगरानीको लागी नगरपालीका बाटै कर्मचारीको ब्यस्था गरिने छ । उनले भने– “यो कार्यक्रम ल्याउने जिल्लामै पहिलो नगरपालिका बनेको छ, यस्ता कार्यक्रमले कृर्षहरुको मनोबल बढने र आगामी दिनमा कृर्षहरु आफैमा बिरुवा रोप्नु पर्छ भन्ने मनस्थीति जाग्ने छ ।”
एक बिरुवाको २० रुपैया उपलब्ध गराउने कार्यक्रमले कृर्षकलाई नै फाईदा पुग्ने उनले बताए । कृर्षकले बार्षिक एक बिरुवाको २० रुपैया पनि पाउने र फलफुलका बिरुवाले पनि कृर्षकलाई फाईदा पुग्ने नगरप्रमुख अधिकारीले बताए ।
उक्त बिरुवाहरुको आउदो एक बर्ष एक पछि प्रत्येक घरमा अनुगमन गरी बिरुवा हुकाए बाफतको पुरुस्कार दिईने नगरप्रमुख अधिकारीले बताए ।