• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको एउटै वडामा १२ सय कागती र टिमुरका बिरुवा वितरण


लेकाली अनलाइन
असार २५, सल्यान । 

सल्यानको कपुरकोट गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले १२ सय कागती तथा टिमुरको बिरुवा वितरण गरेको छ । वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत ६० जना किसानलाइ बिरुवा वितरण गरिएको वडा अध्यक्ष मिन बहादुर सेनले जानकारि दिए ।

फलफुल तथा जडिबुटिका लागी उपयुक्त हावापानी मानिएको कपुरकोट क्षेत्रमा किसानलाइ व्यवशायीक फलफुल खेतीतर्फ अग्रसर गराउनका लागी निःशुल्क रुपमा बिरुवा वितरण गरिएको उनले जानकारि दिए ।

यस्तै यस क्षेत्रका कतीपय किसानले पशुपालन व्यवशायलाइ अंगालीरहेकाले उनीहरुलाइ उन्नत जातको घाँस वितरण गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष सेनले जानकारि दिएका छन् ।

प्रकाशित मिति : २०७५ असार २५ गते सोमवार