• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा सुचनाको हक : नागरिकको चासो नै छैन् भन्छन् शारदा नगरप्रमुख अधिकारी


खकेन्द्र केसी
असार २५, सल्यान ।
सल्यानमा सुचना हकको संरक्षण, संवद्र्धन र प्रचलनमा सार्वजनिक निकाय, संचारकर्मी र नागरिकको दायित्वको विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ सल्यानको आयोजना र राष्ट्रिय सुचना आयोगको सहयोगमा साेमबार सदरमुकाम खलंगामा भएको कार्यक्रममा जिल्ला स्थीत विभिन्न संचारमाध्याममा आवद्ध पत्रकार लगाएतको उपस्तिथी रहेको थियो । कार्यक्रममा सुचनाको हक अधिकार लगाएतको बारेमा नागरिकले कसरी लिन सक्ने भन्नेबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख अथिती शारदा नगरप्रमुख (मेयर) सुरेश अधिकारी, बिशिष्ट अथिती जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरज भण्डारी लगाएको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले कानुनी रुपमा जनता पावरफुल भएकाले अब विभिन्न कार्यालयहरुले नागरिकले मागेका सुचनाहरु दिनुपर्ने बताएका छन् । उनले आफ्नो नगरभित्र कसैले सुचना माग गर्दा कसैले नदिएको खण्डमा आफुले त्यसलाई खरदारी गर्ने बताएका छन् ।

कानुनले जनतालाई धेरै अधिकार दिएको भन्दै नगरप्रमुख अधिकारीले त्यसको जनताले अभ्यास गर्नुपर्ने बताएका छन् । उनले भने– “धेरैजसो नागरिकले नगरपालिकाले के गर्याे भनेर जानकारी लिन नआदैनन् तर बाहिर फलानोले कामै गरेन भनेर कुरा सिक्छन् ।” उनले स्थानीय तहहरुले सार्बजनिक सुनवाईको कार्यक्रममा वडा वडामा सन्चालन गरे पनि नागरिकको उपस्थिती नदेखिएको बताए ।

अधिकारीले सुचनाको पु¥यानको लागी हरेका ठाउँमा मिडीयाको भुमिका रहको हुदा यस्ता अन्तरक्रिया कार्यक्रम सल्यानका १० वटै स्थानीय तहमा सन्चालन गर्न आग्रह गरे । सबैको बुझाईमा एकरुपता बनाउनको लागी भएपनि १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुको लागी यस्ता सुचनको हक सम्बन्धी अन्तरक्रिया गर्न जरुरी रहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला हुकाल कार्यलयका हुलाका अधिकृत धिरेन्द्र भण्डारीले हरेक नागरीक सुचनाको हकमा अगाडी बढनु पर्ने बताए । सुचना माग्नु सबैको दायित्व भएकाले सबै नागरी सामु सुचना पु¥यानु सबैको दायित्व भएको बताए । अन्य जिल्लामा लिखित रुपमा सुचना माग्नेमा अगाडी बढेको पाईए पनि सल्यान जिल्लाको हकमा पछाडी परेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष प्रतिक ईच्छुक शर्माले सुचनाको हक सम्बन्धी प्रःतुतीकरण गरेका थिए । महासंघका कोषाअध्यक्ष योगराज बिश्कर्माको स्वागत मन्तब्य बाट सुुरु भएको कार्यक्रमको सन्चालन सहसचिब शिब डागीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ असार २५ गते सोमवार