• २०७८ साउन १७ गते आइतवार
  • Preeti To Unicode

प्रदेश नम्बर १ बाट साइकल यात्रा गर्दै यी युवा नेपालकाे झण्डा समाएर सल्यान आइपुगे


लेकाली अनलाइन
असार २६, सल्यान ।
नेपालका ४० ओटा जिल्लामा साइकल यात्रा गरिसकेर एक व्यक्ती ४१ औँ जिल्लाको रुपमा सल्यान आइपुगेका छन् ।

प्रदेश नम्बर १ को सुनसहरी जिल्ला बराह क्षेत्र नगरपालिका वडा नम्बर ५ रामजोडमा घर भएका ओम प्रकास बानियाँ साइकल यात्राको क्रममा सल्यान आइपुगेका हुन् । यसअघि ३९ औँ जिल्लाको रुपमा रोल्पा पुगेका उनि त्यहाँबाट ४० औँ जिल्लाको रुपमा सल्यान आउने भनेपनि बाटो अफ्ठ्यारोका कारण दाङ जिल्लाको यात्रा सकेर सल्यान आएका हुन् ।

उनि आज बिहान १० बजे नेपालको राष्ट्रिय झण्डा फहराउदैँ सल्यानको सदरमुकाम खलंगामा आएका हुन् ।

उनले प्रदेश नम्बर १ को धार्मीक, प्रयटकीय क्षेत्रको प्रचार प्रसार, शान्ती समृद्धी र स्थाईत्व गराउने उदेश्यले साईकल यात्रा सुरु गरेको बताए । बानियाले २०७५ साल बैशाख १९ गते बाट साईकल यात्रा सुरु गरेको बताए ।

बिश्व साईकल यात्री पुस्कर शाहको प्रेरण बाट साईकल यात्रा गर्नुपर्छ भन्ने सोच जागेर आफुले पनि साईकल यात्री भएर हिडेको उनले बताए । उनले साईकल बाटै नेपाल भ्रमण गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालीकामा बैशाख २७ गते प्रबेश गरेको बताए ।

उनले भने– “६ महिनाको प्याकेज बनाएर यो साईकल यात्रा सुरु गरेको छु, अहिले सम्म सल्यान जिल्ला सहित ४१ वटा जिल्लामा पुगीसकेको छु अब बाकी ३६ जिल्ला बाकी रहेका छन ।” बिभिन्न जिल्लामा पुगरे भ्रमणको प्रमाणपत्र पनि बनाउने गरेको बाँनीयाले बताए ।

उनले भने– ‘प्रदेश १ माबिश्वकै अग्लो शिखर सगरमाथा, पाथिभारा मन्दिर, लगाएतकाआर्कषक ठाँउहरु छन्, तीधार्मिक तथापर्यटकीय स्थललाई चिनाउनका समेत मैले यो साइकलयात्रा गरेको हुँ, यसले ती सम्पदाको प्रचारप्रसारमा मद्धत मिल्ने छ’ विभिन्न जिल्लामा पुगेर बिभिन्न जिल्ला युबा समितीको कार्यलय, सरकारी कार्यलयका प्रमुख, बुद्धिजिबी, युबाहरु सँग भेट गरेर छलफल गरिरहेको पनि उनले बताए ।

उनले आफ्नो पहिचान बनाउनको लागी यसरी साईकलमा यात्रा गरीरहेको पनि बताए । उनका अनसार आउदो असोज सम्म सवै जिल्लामा साईकल यात्रा गरिसक्ने योजना रहेको छ ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७५ असार २६ गते मङ्गलवार