• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा ६१ वर्षीया वृद्धाले नागरिकता लिइन्


लेकाली अनलाइन
असार २७, सल्यान ।

सल्यानमा ६१ वर्षीया वृद्धाले नागरिकता लिएकी छन् ।

जिल्लाकाे दार्मा गाउँपालिका ६ की मनिसा चन्दले ६१ बर्षकाे उमेरमा नेपाली नागरिकताकाे प्रमाण पत्र लिएकी हुन् । जिल्ला प्रशासन कार्यालय सल्यानकाे अायाेजनामा असार २४ र २५ गते दार्माकाे सदरमुकाम फारुलामा संचालन भएकाे नागरिकता वितरण शीवीरमा उक्त वृद्धा सँगै २४० जनाले नागरिकता लिएकाे सहायक जिल्ला अधिकारी श्रीधर टण्डनले जानकारी दिए ।

उक्त शीवीरबाट १४० जना महिला र १०० जना पुरुषले नागरिकता लिएकाे उनले बताए ।

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार