• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा सुष्त मनस्थिती स्रोतकक्षा सञ्चालन


बुद्धि पुन
असार २७, सल्यान ।
सल्यानको सिद्ध कुमाख गाउपालिका वडा नम्बर १ बाँझकाँडामा रहेको महेन्द्र आदर्श माद्यामिक बिद्यालयमा सुष्त मनस्थिती स्रोत कक्षा सञ्चालन गरिएको छ ।

अहिले यस कक्षामा ९ जना बिद्यार्थीहरुले जिवनउपयोगी कुराहरु सिक्दै आएका छन् । सल्यानमा नै पहिलो पटक सुष्त मनस्थिती स्रोतकक्षा सञ्चालनका बिषयमा अभिभावकहरुलाई जानकारी नुहुनु, भौगोलिक बिकटता हुनु, प्रचारप्रसार नहुनु जस्ता कारणले बिद्यार्थीको संख्या कम रहेको छ ।

अहिले यो स्रोत कक्षामा ६ बर्षदेखी १२ बर्षमुनीका बालबालिका रहेको स्रोत शिक्षक बिष्णु प्रसाद रोकाले बताए । सुष्त मनस्थिती भएका ती बालबालिकाहरुलाई जिवन उपयोगी ब्यबहारिक कुरा सिकाउने गरिन्छ । ‘बालबालिकालाई कसरी बोल्ने, सामाजिक कार्य कसरी गर्ने, सभ्य कसरी हुने, रुपैयाँ चिन्ने जस्ता ब्यबहारिक कुराहरु सिकाउने गरेको रोकाले बताए ।

स्रोत कक्षामा पढेपछि ब्यबहारिक रुपमा परिबर्तन हुने बिद्यार्थीहरुलाई अपग्रेड गरेर उनीहरुको क्षमता अनुसार बिद्यालयमा भर्ना गरिने उनले बताए । यस बिद्यालयमा गर्पा, हिवल्चा, कोटमौला लगाएतका ठाँउका बिद्यार्थीहरुले पढ्दै आएका छन् ।

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार