• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङमा फेरी जगंली च्याउ खाँदा एकै घरका ७ जना गम्भिर बिरामी


लेकाली अनलाइन
असार २७, सल्यान ।

दाङमा जगंली च्याउ खादाँ नावालक सहित एकै घरका ७ जना गम्भिर बिरामी परेका छन् । वनमा उम्रिएको च्याउँ नचिनेर खादा एकै घरका ७ जना गम्भिर बिरामी परेका हुन् ।

बिरामी पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं २ बाघमारे निवासी ५० वर्षीयका सिगबहादुर नेपाली, उनकी ४६ वर्षीय श्रीमती छमकली नेपाली,छोरीहरु ३६ वर्षीय मनकुमारी नेपाली,२० वर्षीय पवित्रा नेपाली,१६ वर्षीय प्रभा नेपाली,ज्वाई २४ वर्षीय नरेस नेपाली र उनका छोरा ३ वर्षीय अमान नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश समपकोटाले जानकारी दिए ।

बिरामीको राप्ति अचंल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागी नेपालगञ्ज पठाइएको छ । बुधवार दिउसो जगंलबाट खोजेर ल्याएको च्याउ पकाएर खादाँ उनीहरु विरामी परेका थिए ।

यसअघि अाइतबार पनि दाङमा जंगली च्याउ खाँदा  ६ जना बिरामी परेका थिए ।

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार