लेकाली अनलाइन
असार २७, दाङ ।
तुलसीपुर उपमहानगरपालिका ५ स्थित शारदा सिस्ने बोडिङ स्कुलमा बुधबार बसेको भेलाले श्रद्धा टोल विकास संस्था गठन गरिएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष देब बहादुर वलीको छोरी श्रद्धा वलीको निधन भएको १३ औं दिनको पुण्य तिथिमा उक्त समिति गठन गरिएको हो । उमलाल बुढाथोकीको अध्यक्ष्यतामा९ सदस्यीय समिति गठन भएको हो । जसको अध्यक्षमा उमलाल बुढाथोकी, उपाध्यक्षमा कमला डाँगी, सचिवमा गोविन्द डाँगी, कोषाध्यक्षमा आशा खड्का र अन्य सदस्यमा रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ५ की वडा सदस्य मधुमती सुनारको प्रमुख आतिथ्यमा ९ सदस्यीय समिति गठन भएको हो । भेलामा बोल्ने बक्ताहरुले स्वर्गीय श्रद्धाको निधनप्रति दुःख व्यक्त गरेका थिए ।