लेकाली अनलाइन
असार २८, काठमाण्डौ ।
सरकारको नेतृत्व गरिरहेको पुर्व नेकपा माओेवादी निकटको अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष तिलक राज भण्डारी ले वर्तमान सरकारले नारा समाजवादको लगाए पनि व्यवहारमा पूँजीवादी दलालहरूकै नेतृत्व गरिरहेको ठोकुवा गरेका गरेका छन् ।
अखिल (क्रान्तिकारी) पाटन संयुँक्त क्याम्पस ईकाई द्वारा आयोजित “समाजवादी शिक्षाका आधारहरू” विषयक अन्तरक्रिया मा बोल्दै उपाध्यक्ष भण्डारीले वर्तमान सरकारको नीति तथा कार्यक्रम र वजेटले समाजवाद अभिव्यक्त गर्न नसकेको र ब्यवहारले नै समाजवादलाइ सहयोग नगरेको बताएका छन् । उनले भने– “अन्ततस् दलाल पुँजिपतिहरुकै घेराबन्दिमा सरकार संचालन भईरहेको छ । संघीयता र संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न नसक्ने दुईतिहनई बहुमतको आडम्वरी सरकार र मन्त्रीहरू दिर्घकालीन भिजनमा अगाडि बढ्नेभन्दा पनि फण्डा गर्नमा तल्लिन रहेको छ ।”
उनले विद्यार्थी आन्दोलनबाट प्राप्त शैक्षिक हकहरूको कार्यन्वयन गर्नु नै समाजवादी शिक्षा को आधार खडा गर्ने पहिलो खुट्किलो भएको चर्चा गरे । उनले भने– “समाजवादी शिक्षा प्रणालीको मुख्य चुनौति नै शैक्षिक निजिकरण भएको वताउनु भयो ।उहाले भन्नुभ यो शैक्षिक निजनिजिकरण विरुद्धको आन्दोलनलाई सामाजिक आन्दोलनको रुपमा अगाडि बढाउनु आवश्यक छ ।”