• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

दाङमा एक मोबाईल पसलमा चोरी, चोरहरु सिसी क्यामेरामा देखिए !


पूर्ण के.सी. (मुस्कान)
असार २८, दाङ ।

दाङ तुलसीपुरको मुख्य चोक वीपी चोकमा रहेको सविन मोवाईल सेन्टरमा चोरी भएको छ ।

विहीवार विहान झन्डै साढे २ बजेदेखि ३ बजेको विचमा मोवाईल पसलमा चोरी भएको पसलको सिसी क्यामेराको फुटेजमा प्रष्ट देखिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले पाँच जनाको समुहमा रहेका व्यक्तिहरुले चोरी गरेको सिसी क्यामेराको फूटेजमा देखिएको हुँदा अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

कति मुल्य बराबरको मोवाईल चोरी भए भन्ने एकिन नभएको भएपनि लगभग २८ वटा मोवाईल चोरी भएको अनुमान गरिएको डिएसपी सापकोटाले जानकारी दिए ।

एकजना सटर काटेपछि चोइट्याएर भित्रै छिरेर खोल भित्रै छोडी मोवाई झोलामा हालेको तथा अन्य चारजना बाहिर बसेर सघाएको सिसी क्यामेरा फुटेजमा स्पष्ट देखिएको छ । चोरीमा सम्लग्न व्यक्ति मधेसी मुलको जस्तो देखिएका छन् । सटरलाई कैंचीले काटेर भित्र छिरेर चोरी गरेको स्पष्ट भएतापनि चोरले सटरको ताला भने नफोडेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ असार २८ गते बिहिवार