• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा अटो दुर्घटना हुँदा २ जना गम्भीर घाईते


लेकाली अनलाइन
असार २८, सल्यान ।
सल्यानमा अटो रिक्सा दुर्घटना हुँदा २ जना गम्भीर घाईते भएका छन् ।

जिल्लाको सदरमुकाम खलंगाबाट श्रीनगर तिर जाँदै गरेको भे १ ह २२८३ नम्बरको अटो आज बेलुका ५ बजेतिर जिल्ला अस्पताल सल्यान नजिकै दुर्घटना भएको हो । घाईते हुनेमा सल्यानको क्षत्रेस्वरी गाउँपालिका वडा नम्बर ४ निवासी ३५ बर्षीय हरि वली र दार्मा गाउँपालिका वडा नं। ५ निवासी ४० बर्षीय शेरबहादुर बिक रहेको जिल्ला प्रहरी सल्यानका प्रमुख एवं डिएसपी भरतबहादुर विश्वकर्माले जानकारी दिए । दुबै जनालाई खुट्टामा चोट लागेको उनले जानकारी दिए ।

अटोमा ६ जना यात्रु थिए । अन्य ४ जना यात्रु सकुसल रहेको अटो यात्री राम बुढाथोकीले बताए । चालकले रक्सी पिएर अटोलाई सडकमै दुर्घटना बनाएको यात्रु बुढाथोकीले आरोप लगाए । प्रहरीले भने दुर्घटनाको कारण थाहाँ हुन नसकेको र अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : २०७५ असार २८ गते बिहिवार