• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा अपाङगता भएका व्यक्तिहरूलाई सहायक सामग्री बितरण


सरिता चलाउने
असार २८, सल्यान ।
सल्यानको सिद्ध कुमाख गाउँपालिका सल्यानले अपाङगता भएका व्यक्तिहरूलाइ सहायक सामग्री वितरण गरेको छ । कल्यानकारी अपाङग सेवा संघ सल्यानको आयोजना र सिद्ध कुमाख गाउँपालिकाको आर्थिक तथा नेपालगंज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा अपाङगता भएका व्यक्तिहरूलाइ निशुल्क सहायक सामाग्री वितरण गरिएको हो ।

गत जेठ २६ गते सहायक सामाग्रीको नापजाँच गरिएको थियो, जसमा सिद्ध कुमाख गाउँपालिका भित्रका ३१ जना अपाङगता भएका व्यक्तिहरूले नापजाँच गराएको थियो । अपाङगता भएकाहरूलाइ हुईलचीयर, सिपी चेर, फुट अर्थाेसिस, एफो एडेल्ट एल एक बेल्ट लगाएत विभिन्न सहायक सामग्री वितरण गरिएको गाउँपालीकाले जनाएको छ ।

कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले अपाङगहरूलाइ पनि सपाङग सरह सरल तरिकाले समाजमा बाँच्ने अधिकार भएको र उनिहरूको लागि आगामिदिनमा पनि यस्तै सहयोगी कार्यक्रम ल्याउन आफु तत्पर रहेको बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतले अपाङगको हकहितको बारेमा जानकारी गराएका थिए । सहायक सामाग्री पाएपछि आफुहररुले सहज महशुस गरेको लाभान्वतितहरूले बताएका छन् ।

प्रकाशित मिति : २०७५ असार २८ गते बिहिवार