जिल्ला अदालत सल्यानमा २ सय ७१ मुद्धा फछर्योट भए, सम्बन्ध बिच्छेदका घटनामा बृद्धि हुदै


सरिता चलाउने
असार २८, सल्यान ।

सल्यानमा आर्थिक बर्ष २०७४/०७५ मा २ सय ७१ मुद्धा फछर्योट भएको जिल्ला अदालत सल्यानले जनाएको छ । बितेको साउन महिना देखि असार सम्म परेका ३ सय ४५ मुद्धा मध्य २ सय ७१ मुद्धा फछर्योट भएको अदालतले जनाएको हो । ७४ वटा मद्धा भने फछर्याट हुन बाकी रहेका छन । गत सालको तुलनामा यस बर्ष कार्यलयले बढि मुद्धा फछर्योट जनाएको छ ।

३ महिनाभित्रमा ७८, ६ महिनाभित्र ८७, ६ देखि १२ महिनाभित्र ८८ वटा मुद्धा र अघिल्लो बर्षका बाकी रहेका १८ मुद्धा गरी २ सय ७१ वटा मुद्धा फछर्यौट भएको कार्यलयले जनाएको छ ।

कार्यलयमा दर्ता भएका मुद्धा मध्य सबै भन्दा बढि १ सय १ वटा सम्बन्ध विच्छेदका मुद्धा रहेका छन । यस्तै अंश सहित सम्बन्ध विच्छेदका मुद्धा ३२ वटा, पुरुष वादी विच्छेदका १ वटा दर्ता भएका छन । गत बर्ष ९९ वटा सम्बन्ध बिच्छदका, अंश सहित सम्बन्ध विच्छेदका मुद्धा २७ वटा दर्ता भएका थिए ।

गत बर्षको तुलनामा भन्दा यस बर्ष सम्बन्ध बिच्छेदका मुद्धा बढि दर्ता भएको अदालतका श्रेतेदार गणेश कुमार गौतमले जानकारी दिए । उनका अनुसार जवजस्ती करणीका मुद्धा १०, जवजस्ती करणीका अदालतमा पुनह उपस्थीत भएका २, करणी उद्दोगका ८ र हाडनाता करणीका २ वटा मुद्धा दर्ता भएका छन । जबरजस्ती करणी मुद्धा गतसालको तुलनामा यसबर्ष कम भए पनि करणी उद्दोग र हाडनाता करणीका मुद्धा भने बृद्धि भएकोे उनले बताए ।

जबरजस्ती करणी सम्बन्धी नाबालीका ५ वयस्क १७ रहेका छन । कार्यलयले वार्षिक कार्ययोजना बमोजिम अनुमान गरिए भन्दा बढि मुद्धा दर्ता भएको श्रेतेदार गौतमल बताए । कार्ययले वार्षिक कार्ययोजना बमोजिम जम्मा मुद्धा ३ सय ४१, जम्मा फछर्योट २ सय ५६ र ८५ वटा बाकी रहने अनुमान गरेको थियो ।

फछर्योट भएका मुद्धा मध्य सबै भन्दा बढि सम्बन्ध बिच्छेदका रहेका छन । जिल्लामा पछिल्लो समयमा सम्बन्ध बिच्छेदका घटनामा बृद्धि हुदै गएको जिल्ला न्याधिस मदन बहादुर धामीले बताए । सम्बन्ध बिच्छेद गर्नेमा १५ देखि १९ बर्ष सम्मका बच्चा रहेका महिला बढि रहेको उनले बताए ।

उनले भने- “धेरै जसो मुद्धाहरु श्रीमान र श्रीमतिको सल्लाहले आउने गरेका छन, धेरै जसो प्रेम बिवाह गरेका सम्बन्ध बिच्छेद गर्न आएको पाईन्छ, १४ बर्षको उमेरमै बिहे गरेर नानीले नानी बोक्ने गरेका छन , १९ बर्ष बर्ष भयो भने सम्बन्ध बिच्छेद गर्न अदालत आउछन , यस्तो कारणले भबिष्यमा उनिहरुको बच्चा बच्चीलाई धेरै समस्या पर्ने गर्दछन ।” सम्बन्ध बिच्छेद बाट भएका दम्पति बाट जन्मीएका सन्तानको पालनपोषण र हेरचाह कस्ले गर्ने त्यो अत्यन्तै समस्या हुने गरेको उनले बताए ।
बालबिवाह गर्नले र बैदेशिक रोजगारका कारणले नै सम्बन्छ बिच्छेदमामा बृद्धि भएको न्याधिस धामीले बताए । बालबिवाह कम गर्नले सम्बन्छ बिच्छेदमामा कमी आउन सक्ने उनले बताए ।

 

प्रकाशित मिति : २०७५ असार २८ गते बिहिवार