• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

सल्यानकाे कपुरकाेट पुर्ण खोपयुक्त गाउँपालिका बन्याे, कुमाख असार भित्रै हुने


लेकाली अनलाइन
असार २९, सल्यान ।

पाँचौ स्थानीय तहको रुपमा सल्यानको कपुरकोट गाउँपालिका पूर्ण खोप सुनिश्चीत गाउँपालिका घोषणा भएको छ । विहिबार कपुरकोटमा एक समारोहका विच पूर्ण खोप सुनिश्चीत गाउापालिका घोषणा गरिएको हो ।

यो संगै सल्यानका ५३ वटा वडा पूर्ण खोप सुनिश्चीत घोषणा भएको जिल्ला खोप समन्वय समितीले जानकारि दिएको छ । अव सल्यानका ३० वटा वडा मात्रै घोषणा हुन बाँकी रहेको र असार ३२ गते सम्म कुमाख गाउँपालिकाका पनि ६ वटै वडा घोषणा भइसक्ने जिल्ला स्वास्थ्य कार्यालयका खोप निरिक्षक दशरथ कुमार श्रेष्ठले जानकारी दिए ।

कपुरकोट गाउँपालिकालाइ पूर्ण खोप सुनिश्चीत घोषणा गर्दै जिल्ला खोप समन्वय समितीका अध्यक्ष तथा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्टले स्वास्थ्यको सबै क्षेत्रमा सबै पक्ष संवेदनशिल भएर लाग्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वय समिती कपुरकोटका अध्यक्ष भिम बहादुर सेनले सबै सहभागीलाइ प्रतिवद्धता गराउँदै गाउँपालिकावासि नागरिकको सबल स्वास्थ्यका लागी आफुले विभिन्न योजनाहरु ल्याइरहेको बताए । उनले आफ्नो गाउँपालिकाले हरेक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ मासिक एक हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गर्दै आएको पनि बताए ।

१६ देखि २३ महिनाका सम्पूर्ण बालवालिकाको सर्वेक्षण गर्दा राष्टिय खोप तालिका अनुसार ११ प्रकारका रोग विरुद्धका खोप प्राप्त गरेको र आगामी दिनमा पनि खोप पाउने सुनिश्चीतता भएपछि कपुरकोटलाइ घोषणा गरिएको कपुरकोट स्वास्थ्य चौकीका इन्चार्ज देवेन्द्र कुमार सेनले जानकारि दिए ।

पत्रकार शंकर के सीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, जिल्ला खोप निरिक्षक दशरथ कुमार श्रेष्ठ, जिल्ला समन्वय समितीका सदस्य राम बहादुर खड्का, कपुरकोट गाउापालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास रिजाल, कपुरकोट ६ का वडाअध्यक्ष हेरम बहादुर बुढाथोकी, ४ का अध्यक्ष हरिलाल पुन, ३ का अध्यक्ष मिन बहादुर सेन, ५ का अध्यक्ष यम कुमार वस्नेत, सामुदायीक वन उपभोक्रा महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्मा, शिक्षक चुडामणि केसी लगाएतकाले बोलदै सबैले आफ्ना बालवालिकालाइ खोप अनिवार्य रुपमा दिनुपर्ने बताएका थिए ।

कपुरकोट स्वास्थ्य शाखाका प्रमुख अरुण दाहालले पूर्ण खोप सुनिश्चीत गाउँपालिका घोषणाका लागी भएको क्रियाकालाप र प्रयास बारे प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुको विचमा लोक गीत प्रतियोगीता राखिएको थियो ।

कुमाख १ र २ लाइ पुर्ण खोपयुक्त वडा घोषणा गरिदै

त्यसैगरी कुमाख गाउपालिमा पुर्ण खोपयुक्त अभियान चलिरहेको छ । तत्कालिन स्वीकोट गाविस रहेको १ र २ नं वडालाइ विहिबार एक कार्यक्रमका विच पुर्ण खोपयुक्त वडा घोषणा गरिएको हो । नारायण मा. वि . नेटाको प्रागणमा भएको कार्यक्रमको उद्घाटन गाउपालिका अध्यक्ष दिलमाया बुढाले गरेकी हुन ।

त्यस्तै शुक्रबार साविकको मर्मपरिकाँडा रहेको ३ नं वडालाइ घोषणा गर्ने कार्यक्रम रहेको छ भने, असार ३० गते साविकको कालागाउ गाविसमा रहेका अहिलेका ४ र ५ नं. वडालाइ घोषणा गरिने ४ नं. वडाका अध्यक्ष तिलविर बुढाथोकीले जानकारी दिएका छन । कार्यक्रम स्वस्थ्य चाकी बाल्लेमा हुनेछ ।

यता जिमाली अन्तरगत पर्ने ७ नं. वडालाइ पनि ३१ गते गरिने वडा अध्यक्ष तुलाराम बोहराले जानकारी दिएका छन । वडा नं. ६ रहेको तत्कालिन बडागाउलाइ भने अघिल्लो बर्ष नै पुर्ण खोपयुक्त वडा घोषणा गरिएको थियो । कुमाख गाउपालिका असार भित्र पुर्ण खोपयुक्त गरिने बताइएकाे छ ।

प्रकाशित मिति : २०७५ असार २९ गते शुक्रवार