• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

भवन जिर्ण बनेपछि बागचाैरकाे एक इप्रका भाडावाला घरमा सर्याे, भवन जाेगाउन कसैले चासाे दिएन्


लेकाली अनलाइन
असार २९, सल्यान ।

कुनै चिज पुरानाे भएपछि नयाँ वा मर्मत गर्ने चलिअाएकाे काम हाे । अझ सरकारी कार्यालय त्यसमा पनि जनताकाे सेवामा चाैबिसै घण्टा खटिने प्रहरी कार्यालयकाे असुरक्षित भवनलार्इ सुरक्षित बनाउनु पर्ने हाे । झन स्थानीय तह बनेपछि सेवा सुबिधा पाइन्छ, धेरै काम हुन्छन की भनेर अास गर्नेहरु अहिले निरासमा पुग्न थालेका छन् ।

यस्तै निराश छाएकाे छ बागचाैर नगरपालिका ५ बाँगेलाखुरीमा !

बाँगेलाखुरीमा रहेको ईलाका प्रहरी कार्यालय सिमखाेली पहिले बस्दै आएको घर जिर्ण अबस्थामा पुगेपछि अर्काे भाडावाल घरमा सरेकाे छ । ३६ वर्ष अघिको पुरानो जिर्ण घरलार्इ मर्मत सुधारकाे लागि सम्बन्धित निकायले चासाे नै नदिएपछि कार्यालय निराश हुँदै सारिएकाे ईलाका प्रहरी कार्यालय सिमखोलीका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक रतन शर्माले जानकारी दिए ।

पहिले कार्यालय भएकाे घरमा पानी चुहीने, घरमा प्रयोग भएका काठहरु काम नलाग्ने अवस्था रहेका र भित्ता पनि चर्किएका, त्यहाँ बस्न पनि डर लाग्ने भएका कारण सम्भावित क्षति बाट जोगिन पनि आफुहरु सर्नु परेको उनले बताए । यस अघि ईप्रका सिमखोलीले गृह मन्त्रायलयलार्इ नयाँ भवन बनाउनका लागि बजेटको पहल गरे पनि कुनै सुनुवाई नभए पछि बाध्य भएर भाडाको घरमा सरेकाे प्र.ना.नि शर्माले दुखेसाे गरे ।

नयाँ घरमा कार्यालय सारेपनि भौतिक व्यवस्थापन गर्न अहिले आर्थिक समस्या भएको शर्माको भनाई छ ।

यता बागचाैर नगरप्रमुख लाेकमान बुढाथाेकीले गृह मन्त्रालयबाट संचालित प्रत्यक प्रहरी कार्यलयहरुलार्इ स्थानीय तहले व्यवस्थापन गर्ने अधिकार नभएकाे बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले नयाँ भवन पनि स्थानीय तहहरुले दिन नसक्ने बताए ।

तर यसअघि बागचाैर नगरपालिकाले उक्त प्रहरी कार्यालयकाे मर्तम सुधारका लागि ४० हजार दिएकाे बुढाथाेकीकाे दावी छ ।

प्रकाशित मिति : २०७५ असार २९ गते शुक्रवार