लेकाली अनलाइन
असार २९, सल्यान ।
बर्षातकाे समय सुरु भएसँगै ठाउँठाउँमा सडक अवरुद्ध हुन सुरु भइसकेका छन् । यसरी बर्षातकाे समयमा मानिसले अनेकाैँ दुख भाेगिरहेका छन् । र यी दुख भाेगेका फाेटाहरु सामाजिक संजालमा भाइरल भइदिन्छन् । अझ स्थानीय तह बनेसँगै जनताले भाेट हालेर जिताएका जनप्रतिनिधिहरुले भनेअनुसारकाे काम नगर्दा अहिले जनअाक्राेस बढ्दै गएकाे छ ।
चुनावकाे मैदानमा विकासकाे लहर ल्याउने नारा लिएर चुनाव जितेका जनप्रतिनिधिहरुले एक बर्ष भइसक्दा समेत भनेअनुसारकाे अाधा भन्दा अधा काम समेत नगरेकाले ठाउँ ठाउँमा जनअाक्राेस सुनिन थालेका छन् ।
यसैक्रममा सल्यानको दार्मा गाउँपालिकामा अहिले सडकमा गाडीलार्इ डाेरीले तानिरहेका फाेटाहरु भाइरल भएका छन् भने जनअाक्राेस बढेका छन् । दार्मा गाउँपालिकाका विभिन्न ठाउँका फाेटाहरुले सामाजिक संजाल तताएका छन् ।
मौलाहाल्ने देखि रुकुम पश्चिम चौरजहारी चौफा, चन्द्रबजार सडक खण्ड अन्तरगत दार्मा गाउँ पालिकाको केन्द्र रहेको ठाउँ फारुलामा सडकको अवस्था नाजुक छ । दाङ देखि चौफा चन्द्रबजार आउने बसहरु घण्टौसम्म फस्ने अथवा मान्छेले धकेल्नु पर्ने अवस्था छ । मौलाहाल्ने चौफा, चन्द्रबजार सडक खुलेको दशक बढी समय भएपनि स्तर उन्नति हुन सकेको छैन् । जसको वर्षा याममा हिलाम्य सडक र यात्रुहरुले जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
हेर्नुहाेस् दार्मा गाउँपालिका भित्रका यी १० तस्बिर