• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

डा. केसीलाई बल प्रयोग गर्ने शिक्षामन्त्रीको चेतावनी, पत्रकारहरुलार्इ समाचार नलेख्न अाग्रह


असार २९, काठमान्डौं ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भए पनि काठमाडौँ ल्याइने बताएका छन ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा डा. केसीको स्वास्थ्य कमजोर भए जतिवेला पनि बल प्रयोग गर्ने अवस्था आउने उनले बताए ।  पहिलो प्राथमिकता उपचार भएको भन्दै उनले स्वास्थ्य सूचांकक कमजोर भएर गयो भने जबरजस्ती पनि गर्नुपर्ने अवस्था सृजना हुने बताए ।

त्यस्तो बेला मौसमले साथ दियो भने बलपूर्वक डा. केसीलाई काठमाडौँ ल्याउने संकेत गर्दै उनले पत्रकारहरुलार्इ सरकारले बल प्रयोग गर्यो भनेर समाचार नलेख्न अनुरोध पनि गरे । शिक्षामन्त्री पोखरेलले आज फेरि अर्को स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरिएको जानकारी दिए । सरकार वार्ता विरोधी नभएको तर, स्वास्थ्य अवस्था कमजोर भएकासँग सम्वाद नहुने बताए ।

डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत छन । डाक्टर केसीले काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरबाट पनि उपचार लिएका छैनन ।

प्रकाशित मिति : २०७५ असार २९ गते शुक्रवार