सल्यानमा आयो द्रुत गतीको इन्टरनेट, जिल्लामै पहिलोपटक Fiber cable


लेकाली अनलाइन
असार ३०, सल्यान ।
सल्यानमा एउटा द्रुत गतिको ईन्टरनेट कम्पनीले आफ्नो सेवा विस्तार गरेको छ ।

मेटा लिंक ईन्टरनेटले जिल्लाको विभिन्न ठाउँमा अहिले सेवा विस्तार गरिरहेको छ । सल्यान जिल्लामै पहिलोपटक Fiber cable बाट सेवा दिन लागेको उक्त ईन्टरनेट कम्पनीले अहिले सदरमुकाम खलंगा र श्रीनगरमा Fiber cable बाट सेवा सुरु गरिसकेको सल्यान शाखा प्रबन्धक सुमन केसीले जानकारी दिए ।

त्यसैगरी wireless प्रविधिबाट जिल्लाको रिममा टावर राखेर कपुरकोट गाउँपालिका भित्र ठाउँमा सेवा दिन लागेको उनले बताए । सल्यानका अन्य इन्टरनेट भन्दा फास्ट गतिमा चल्ने भन्दै उनले अहिले विभिन्न पसल, कार्यालय र विद्यालयहरुले इन्टरनेट जडान गरेको बताए ।

सस्तो मुल्यमा धेरै Mbps दिएको भन्दै केसीले आफुहरुले ३ ओटा प्याकेज ल्याएको बताएका छन् । Home package , corporate package , dedicated package ल्याएको उनले बताए । Home package र corporate packag मा 5 Mbps ,10 mbps, 15 mbps रहेको छ भने dedicated package मा जति चाह्यो त्यती लिन मिल्ने छ ।

यो सेवा सल्यानमा भर्खरै विस्तार गरेकाले अब जिल्लाको सबै ठाउँमा Fiber cable  तथा wireless माध्यामबाट पुर्याउने शाखा प्रबन्धक केसीले बताए ।

प्रकाशित मिति : २०७५ असार ३० गते शनिवार