बालीनाली सखाप पारेपछि सल्यानकाे एउटै गाउँमा १२ क्वीन्टल शंखेकिरा संकलन गरियाे


खकेन्द्र केसी
असार ३०, सल्यान ।

सल्यानको एउटै गाउँमा १२ क्वीन्टल शंखेकिरा संकलन गरिएकाे छ ।

जिल्लाको शारदा नगरपालिका ६ बरलामा एउटै गाउँमा १२ क्वीन्टल ४ केजी शंखेकिरा संकलन गरिएकाे हाे । जाईन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारी बाली, धानबाली, मकैँबाली आदिमा क्षती पु¥याउन थाले पछि स्थानिय सरकारको पहलमा बरलाकाे करिब २० देखि २५ हेक्टरमा रहेकाे शंखेकिरा नियन्त्रण गर्न शुरु गरिएको हो ।

एक केजि किरा संकलन गरे बापत ५० रूपैयाँ दिएर हिजाे, अस्ती र अाज गरि तिन दिनको समयमा किरा संकलन गरिएकाे हाे । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएकाे किरालार्इ अहिले अायाेडिन नुन छर्केर राखिएकाे छ ।

अायाेडिन नुनले नै उक्त किरा मर्ने भएकाले यस्ताे गरिएकाे जिल्ला कृर्षी विकास कार्यालय सल्यानका बरिष्ठ कृर्षी विकास अधिकृत अम्मर राज घिमीरेले बताए । उनले भने- “शंखेकिरा मार्न हामीले अनेकाै प्रयास गरिउ तर सकिएन, यसकाे एउटै उपाय भनेकाे किरा समातेर संकलन गर्ने त्यसपछि नुन छर्केर मार्ने हाे ।”

उक्त ठुलाे शंखेकिरा नेपालमा पहिले नभएको तर पछिल्लो समय विभिन्न खानेपानीका योजना अनुसार ठुला पाइपहरु विदेशबाट भित्र्याउदा पाइप भित्र किरा पसेर आएको हुन सक्ने घिमीरेले बताए । यो किराले भोलिका दिनमा ठुलो क्षेती गर्ने भएकाले यसलाई समयमै नस्ट गर्नुपर्ने उनले बताए । चिसो समयमा शंखेकिरा जमिनमुनि लुक्ने र गर्मी याममा बाहिर निस्कने उनले बताए ।

याे किराले एकपटकमा १६ सय अण्डा पर्ने भएकाले व्यापक फैलने र यसले जुनुसुमै अन्नबाली पनि उम्रन बित्तिकै नस्ट गर्ने घिमिरेकाे भनार्इ छ  । यसरी जिल्लाका अन्य गाउँ ठाउँमा शंखेकिरा देखिएमा तत्काल सामुहिक रूपमा नस्ट गर्न पनि उनले अन्य किसानहरूलार्इ अाग्रह गरेका छन् ।

याे पटक उक्त १२ क्विन्टल किरा समात्न नस्ट गर्न लगाएतकाे खर्च करिब ७० हजार रपैयाँ जति हुने  शानपा ६ का वडा अध्यक्ष भिक राज बुढाथोकीले बताए । किरा मार्ने अभियान याे पहिलाे चरणकाे भएकाले फेरी दाेस्राे चरणमा पनि अभियान चलाउने उनले बताए । अाज संकलन गरेकाे किरा सबै मरे पनि एक दुर्इ दिन भित्र खाडल खनेर गाड्ने बुढाथोकीले बताए। गत बर्षदेखि देखा परेकाे याे किराले याे बर्ष किसानकाे बालिनालिमा धेरै क्षेती पुर्याएकाे उनकाे भनार्इ छ ।

अाफुले बारीमा लगाएकाे करिब ६० हजार बराबरकाे तरकारी शंखेकिराले नस्ट गरिदिएकाे स्थानीय किसान भिम बहादुर बुढाथोकीले बताए । उनले भने- “किरा मार्न अनेकाै प्रयास गरियाे तर सफल भइएन, याे किराले कुनैपनि तरकारी बालि काट्न छाेडेन् ।” यति मात्रै संकलन गरेर शंखेकिरा किरा नस्ट नहुँने भन्दै उनले फेरीपनि याे अभियान चलाएर पुरै किरा नस्ट गर्नुपर्ने बताए ।

तरकारीकाे पकेट क्षेत्र समेत मानिने बरलाका किसान भिम बहादुर बुढाथोकीले बर्षीक ७ लाखसम्म अाम्दानी गर्ने बताए । उनले सबै तरकारीकाे लागि प्रकाेप मानिने शंखेकिरा भएकाे बताए । त्यस्तै टमाटरकाे लागि टुटा अपसुलुटा नामक किराले पनि सताउने गरेकाे उनले बताएका छन् । याे किरा मार्नकाे लागि धेरै गार्हाे भएकाे पनि उनले बताए ।

प्रकाशित मिति : २०७५ असार ३० गते शनिवार