सरिता चलाउने
असार ३०, सल्यान ।
सल्यानको शारदा नगरपालीकाले नगरभित्रका महिलाईहरुका लागी महिला शसक्तिकरण तालीम प्रदान गरेको छ ।
नगरपालिका भित्रका सवै वडाका जनप्रतिनीधि र केही छानिएका महिलाहरुलाई शसक्तिकरण तालीम प्रदान गरेको हो । सशक्तिकरण कार्यक्रम नगरपालिका भित्रका १५ वटै वडा बाट २४/२४ जना महिलाका प्रतिनिधित्व हुने गरी एक दिने तालीम प्रदान गरिएको शारदा नगरपालीकाका उपप्रमुख साबित्रा बस्नेतले बताइन् । महिलालाई विकासको मूलधारामा ल्याउनको लागी सचेतना कार्यक्रम सञ्चालन गरेका उनले बताइन् ।
महिलाहरुले हरेक ठाउँमा हिंसा भोग्नु परेको हुनले यस्ता तालीमले हरेक कुरामा नेतृत्व गर्न सहयोग पुग्ने उनले बताइन् । महिलाहरु जति माथिल्लो स्तरमा पुगेपनि कुनै न कुनै अब हिंसा भाग्नु परेको हुन्छ उहाले भन्नु भयो, महिलाहरुले म महिला हु भने आफुलाई कहिल्यै कम्जोर सोच्न नहुने उपमेयर बस्नेतले बताइन् ।
महिला हरेक क्षेत्रमा अग्रसर हुने र बिशेष नेतृत्व हुने भएकाले आफुलाई कहिले हिन्नताबोध नगर्न शारदा नगरपालीका वडा नमबर २ का वडा अध्यक्ष केशब सिंह श्रेष्ठले बताए । सबिंधानले धेरै हकअधिकार दिएकाले अब महिलाहरु चुप लागेर नबस्ने र उधमशिल बन्न पर्ने उनले बताए। कोही कतै ब्यक्तिगत स्वार्थका लागी नभै म पनि केही गर्न सक्छु भनि गम्भीरतापुर्बक अगाडी बढनु पर्ने श्रेष्ठले बताए ।
कार्यक्रममा लैगिकतामा आधारित विभेद, वालविवाह र असर, नेपालको संविधान २०७२ र महिला अधिकार, प्रजन्न स्वास्थ्य , महिला वेचविखन लगायतका विषयमा हरप्लेस सल्यानका संयोजक रामचन्द्र रेग्मी र नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले सहजीकरण गरेका थिए ।