लेकाली अनलाइन
असार ३१, सल्यान ।
सल्यानमा भुकम्प प्रतिरोधात्मक घर बनाउन डकर्मीहरुलाई तालिम दिइएकाे छ ।
जिल्लाकाे बागचौर नगरपालिका वडा नम्बर ८ को आयोजनामा डकर्मीहरुलाई एक हप्तासम्म विपत व्यवस्थापन तथा भुकम्प प्रतिरोधात्मक घर बनाउने तालीम दिइएकाे हाे । डकर्मीहरुलाई तालिम अझ प्रभाबकारी तथा उपलब्धिमुलक बनाउने उदेश्यले विपत व्यवस्थापन तथा भुकम्प प्रतिरोधात्मक घर निर्माण गरिएको समेत प्रशिक्षण बागचौर नगरपालिका ईन्जिनियर हिमाल शर्माले जानकारी दिए ।
सनिबार तालिमकाे समापन कार्यक्रममा बोल्दै नगरप्रमुख लाेकमान बुढाथोकीले विपत तथा भुकम्प जुनसुकै बेला पनि आउन सक्ने भएकोले त्यसबाट बच्न पहिले नै पुर्व तयारी हुनुर्ने बताए । त्यसकाे लागि यस्ताे तालिम प्रभावकारी हुने उनले दाबी गरे । अब प्रशिक्षकले भने बमोजिमको घर बनाउन पनि उनले निर्देशन दिएका छन् । साथै यस्ता खालका घरहरु बागचौर नगरपालिकाको १२ वटै वडामा आवश्यक भएको बुढाथाेकीले बताए ।
कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल विभिन्न खाले विपत बाट बच्नको लागि पहिले नै सचेत हुनुपर्ने भन्दै आवश्यक पर्ने हरेक चिजहरु मानव मैत्री, प्रकृति मैत्री हुनुपर्ने बताए
८ नम्बर वडा अध्यक्ष रोमु शाहीको अध्यक्षतामा भएकाे समापन कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, उपप्रमुख कल्पना पुन, अतिथिमा प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल, लेखा अधिकृत तोरण प्रसाद घिमिरे, ईन्जिनियर हिमाल शर्मा, सूचना प्रविधि अधिकृत तिर्थ राज डाँगी लगाएकाे उपस्थिति रहेको थियो ।