असार ३१, काठमाडौँ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्न दुर्इ माअाेवादी पार्टीले छलफल गरेका छन् ।
क्रान्तिकारी माओवादी र नेकपा (माओवादी) ले विप्लव नेतृत्वकाे नेकपासँग निर्णयक वार्ता गर्ने सहमति समते गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा माओवादीका संयोजक विमल अधिकारीबीच भएको छलफलमा नेकपासँग पार्टी एकता गर्ने र त्यसको लागि महासचिव विप्लवसँग निर्णयक वार्ता गर्ने सहमति भएको हो ।
छलफलमा महासचिव वैद्यले क्रान्तिकारी ध्रुविकरण आवश्यक बन्दै गएको र त्यसका लागि ठोस पहल गर्नुपर्ने बताए । “दक्षिणपन्थी र संशोधनवादीहरु एक जुट भइरहेका छन् । उनीहरु ब्लियो भन्दै गएका छन् । क्रान्तिकारी एक नहुने हो भने क्रान्तिकारी आन्दोलन कमजोर हुनुको साथै जनता निरास हुन्छन्” वैद्यले छलफलमा भने । उनले त्यसको क्रान्तिकारी धारामा रहेका सबैसँग निर्णयक छलफल गर्नुपर्ने बताए ।
त्यसैगरी छलफलमा सहभागी माओवादीका संयोजक अधिकारीले नेपाल कम्युनिस्ट पार्टी मुख्य क्रान्तिकारी शक्ति भएको बताउँदै उसँग एकता गरेर जानु पर्नेमा बताए ।
दुबै पार्टीबीच भएको छलफलमा विप्लवसँगै निर्णयक वार्ता गर्ने सहमति भएको माओवादीका संयोजक अधिकारीले बताए ।