• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

हाेसियार ! सर्पदशंबाट दाङमा १ को ज्यान गयो, १ जना गम्भीर बिरामी


पूर्ण के.सी.(मुस्कान)
असार ३२ , दाङ  ।
बर्खा सुरु भए संगै सर्पदशंका घटनाहरु घटिरहेका छन । यसैबीच दाङमा सर्पदशं बाट एक बालकको मृत्यु भएको छ भने एक बालिका गम्भीर विरामी परेकी छिन ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ अश्वारा निवासी सुकेराम विकका ४ वर्षीय छोरा झपेन्द्र विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै सुकेरामकी ११ वर्षीय छोरी अनिता विक पनि गम्भीर विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छ्न ।

प्रकाशित मिति : २०७५ असार ३२ गते सोमवार